ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

काठमाडौं,वैशाख ६ । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइड नेपाल सम्पर्क समितिले समसामयिक राजनीतिसँगै ट्रेड युनियनको पछिल्लो अवस्थाको बारेमा छलफल र अन्तरक्रिया गरेको छ ।

हालै काठमाडौंको कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले ट्रेड युनियन आन्दोलन र भावी कार्यदिशाको बारेमा आ–आफ्नो धाराणा राखेका थिए । ‘वर्तमान अवस्थामा नेपाल ट्रेड युनियनको अवस्था, चुनौती र आगामी कार्यभार’ विषयक अन्तरक्रियामा नेपालका मात्रै नभएर अन्तराष्ट्रिय जगतका ट्रेड युनियनकर्मीले पनि आफ्नो धारणा राखेका थिए । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइडका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष भोलानाथ पोखरेलले अहिलेको अवस्थामा ट्रेड युनियन आन्दोलनमाथि प्रहार भइरहेकाले छलफल र अन्तरक्रिया गर्नु आवश्यक रहेको बताएका थिए ।

उनले सबै मिलेर ट्रेड युनियनलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा आइएलओ स्ट्याण्डर्ड कमिटीका नेपाल सदस्य महेन्द्र प्रसाद यादव, टीओआईका उपमहासचिव एश्री कुमार, टीओआइका महासचिवको तर्फबाट सेक्रेटरियट ज्वाला सफेताले धारणा राखेका थिए । टीओआइमा १ सय ४२ देश आबद्ध छन् । जसमा एसिशाका ३० वटा देश छन् । जसमा ८६ वटा संघसंगठन आबद्ध छन् । नेपालमा १० वटा संघसंगठनले यसमा आबद्धता जनाएका छन् ।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal