संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

काठमाडौं, वैशाख ६ । शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ र वैकल्पिक छविका रूपमा स्थापित गरिएको शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) भित्र चर्किएको आन्तरिक विवादका कारण संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले एप्क्यान छोडेका छन् ।

उनले आफूले संस्था जन्माउन र जोगाउन धेरै मिहनेत गरेको भए पनि पछिल्लो समयमा त्यहाँ बसिरहने वातावरण नभएको बताएका छन् । संस्था बनाउन र यहाँसम्म ल्याउन मुख्य भूमिका खेलेका वस्नेतले संस्थाको हकहितका लागि सबै साथीहरु सक्रिय नभएको समेत आरोप लगाएका छन् । ‘संस्था भइसकेपछि संस्थाको धर्म र मर्म अनुसार चल्नुपर्ने हो तर धेरैजसोमा व्यक्तिगत स्वार्थ हावी भयो त्यसैले गर्दा त्यहाँ बसिरहन सक्ने वातावरण भएन’ उनले भने ‘मैले यहाँसम्म ल्याउन जे जति सकें त्यो योगदान गरें अब भनें अरुलाई नै जिम्मा लगाइदिएँ, मेरो जुन सोच थियो त्यो अनुसारको काम नभएपछि बस्नु र नबस्नुको अर्थ देखिन र अलग हुने निर्ण गरें ।’ उनीसँग व्यक्तिगत रुपमा पनि धेरै शैक्षिक परामर्श व्यावसायीसँग राम्रो सम्बन्ध छ ।

उनले अब कता कुन संगठनमा जाने वा कतै पनि आबद्ध नहुने भन्ने खुलाएका छैनन् । उनी निर्णायक मानिने भएकाले उनी जुन संस्थामा आबद्ध हुन्छन् त्यो संस्था बलियो हुने निश्चित छ । उनी आफूसँग यति सदस्य छन् र जता गए पनि लान्छु र उनीहरु पनि जान्छन् भन्नेचाहिँ भन्दैनन् । ‘अब के गर्ने भन्नेबारेमा सबैसँग सल्लाह हुँदैछ, बेला आएपछि उपयुक्त निर्णय लिने छु’ उनी भन्छन् ‘सबै संघ संगठनले आउनु भनेर कुरा गर्दैछन्, भेटिरहेका छन् तर पनि कसैलाई वचन दिएको छैन ।’ निवर्तमान अध्यक्ष प्रज्वल बस्नेतले संस्थाबाट आफू पूर्णरूपमा अलग हुने घोषणा गर्दै नेतृत्व तहमा गुटबन्दी, व्यक्तिगत स्वार्थ, पदको लोभ, राजनीतिक प्रभाव र सीमित व्यक्तिको नियन्त्रण हावी भएको आरोप लगाएका छन् । बस्नेतले आफू अब संस्थाको साधारण सदस्यसमेत नरहेको स्पष्ट पारेका छन् । उनले संस्थालाई सदस्यहरूको साझा घर बनाउन खोजिएको भए पनि त्यो हुन नसकेको र गर्न नदिएको पनि भनेका छन् । तीन वर्षअघि स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) बाट असन्तुष्टि जनाउँदै उनीहरुले एप्क्यानको स्थापना गरेका थिए ।

बस्नेतका अनुसार सुरुवाती चरणमा त्यो उद्देश्यअनुसार संस्था अघि बढेको पनि थियो । साढे दुई वर्षसम्म उनले घर, परिवार, साथीभाइ र आफन्तभन्दा बढी समय संस्थामा लगानी गरेको दाबी गरेका छन् । संस्थालाई देशभर चिनाउने, सदस्य विस्तार गर्ने, शाखा स्थापना गर्ने, मन्त्रालय र विभिन्न शैक्षिक संस्थासम्म पहुँच पु¥याउने तथा आर्थिक रूपमा सबल बनाउने काममा आफू निरन्तर खटिएको उनको भनाइ छ । ‘संस्था आफैं गलत होइन, संस्था भित्रका केही व्यक्ति र उनीहरूको व्यवहार गलत भयो’ बस्नेतले भनेका छन्, ‘सीमित साथीहरूको स्वार्थका लागि संस्था चलाउन थालिएपछि हामीले त्यहाँबाट सम्बन्ध तोड्नुपरेको हो ।’ बस्नेतका अनुसार छोटो समयमै एप्क्यानलाई पुराना संस्थासरह स्थापित गर्न सफल भएको थियो । सदस्य संख्या झन्डै २ सय पु¥याइएको थियो भने पूर्व क्षेत्रमा दुई वटा शाखासमेत स्थापना गरिएको थियो । विभिन्न कलेज, विश्वविद्यालय, सेमिनार र शैक्षिक कार्यक्रमहरूमा एप्क्यानलाई चिनाउने काम भएको थियो ।

उनले मन्त्रालयदेखि विभिन्न शैक्षिक संस्थासम्म एप्क्यानको उपस्थितिलाई बलियो बनाउने प्रयास गरेको बताएका छन् । उनका अनुसार संस्थामा करिब २४ लाख रुपैयाँ बराबरको कोष स्थापना गरिएको थियो । आर्थिक पारदर्शितामा आफूहरूले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उनले उल्लेख गरेका छन् । जापान अध्ययनका लागि जाने विद्यार्थीहरूलाई एनओसी लिनुपर्ने झन्झट, नयाँ कलेज सूचीकरणको समस्या तथा मन्त्रालयमा हुने ढिलासुस्ती कम गर्न पनि आफूले सक्रिय भूमिका खेलेको बस्नेतले बताएका छन् । उनका अनुसार साधारण सभामार्फत विधानमा गरिएका संशोधनहरू संस्था र सदस्यहरूको हितभन्दा पनि सीमित व्यक्तिहरूको पद सुरक्षित गर्ने उद्देश्यले गरिएको थियो । कार्यसमितिको संरचना, पद वितरण र निर्णय प्रक्रियामा पनि केही सीमित व्यक्तिको वर्चस्व स्थापित गरिएको उनको आरोप छ ।

79 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal