नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश
काठमाडौँ । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि स्थापनाको ७१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा महासंघले प्रभातफेरीको आयोजना गरेको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्माले देशभरका सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै महासंघले सात दशकदेखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको बताएकी छन्। अध्यक्ष शर्माले जारी गरेको शुभकामना मन्तव्यमा स्थापनाकालदेखि नेतृत्व दिने अग्रजहरूप्रति सम्मान र प्रेस स्वतन्त्रताको लडाइँमा सहादत प्राप्त गर्ने सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। महासंघले मानव अधिकारको रक्षा, सूचनाको हकको संरक्षण र जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरेकी छन्।
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै बढेको मिथ्या सूचनाको प्रवाहलाई पत्रकारिताका लागि मुख्य चुनौतीका रूपमा लिइएको छ। प्रतिनिधिसभाको निर्वाचनपछि बनेको दुई तिहाइको सरकारले राजनीतिक अस्थिरता अन्त्य गर्ने विश्वास लिँदै महासंघले रोकिएका सञ्चार सम्बन्धी कानुनहरू सरोकारवालासँगको छलफलमा ल्याउन माग गरेको छ।
विशेषगरी जेन्जी आन्दोलनका क्रममा मारमा परेका सञ्चार गृह र घाइते पत्रकारहरूलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग आग्रह गरिएको छ। राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए महासंघले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ।
महासंघले अहिले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहलकदमी अगाडि बढाइरहेको छ। पत्रकारको भौतिक तथा पेसागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको समन्वयलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउँदै अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारहरूलाई अपिल गरेकी छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





