शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”

२०८२ फाल्गुन ३० गते, शनिबार

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीकै अर्का नेता शेरबहादुर तामाङमाथि गम्भीर आरोप लगाउँदै सार्वजनिक रुपमा कटाक्ष गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले तामाङलाई “चरम अवसरवादी पात्र” को संज्ञा दिँदै आफूमाथि भएको टिप्पणीको कडा शब्दमा प्रतिवाद गरेका हुन्। बास्कोटाले आफ्नो विचार राखेबापत तामाङले आफूमाथि सार्वजनिक रुपमा प्रहार गरेको गुनासो गर्दै यसलाई “कोदोवारी फाँडेसरह” व्यवहार गरिएको बताएका छन्।

आफूले राखेको मतका कारण तामाङ आक्रामक रुपमा प्रस्तुत भएको भन्दै बास्कोटाले यसले पार्टीभित्रको आन्तरिक कलहलाई सतहमा ल्याइदिएको बताएका छन् । आफ्नो स्टाटसमा बास्कोटाले तामाङको विगत कोट्याउँदै उनलाई व्यक्तिगत स्वार्थका लागि पार्टी र गुट फेरिरहने नेताको रुपमा चित्रण गरेका छन्।

तामाङले आफ्नो र आफ्नी श्रीमतीको पद प्राप्तिका लागि पटक पटक गुट बदल्ने गरेको र पार्टी फुटाउन समेत पछि नपर्ने गरेको बास्कोटाको आरोप छ। उनले वि.सं. २०३८ पछिको इतिहास हेर्न समेत चुनौती दिएका छन्।

81 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal