‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

२०८२ फाल्गुन २६ गते, मंगलवार

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस चलचित्रको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको हो ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यस चलचित्रमा रेखाको एउटा भिन्न परिचय देखिनेछ, उनी यसपटक क्यामेराको अगाडि (अभिनयमा) नभई पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहनेछिन् ।

रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर गएर ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा काम गरिरहेकी छिन् । चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको ठूलो टोली समेटिएको छ । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि चलचित्रमा फर्किएका अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा छन् ।

यस चलचित्रको अर्को मुख्य आकर्षण भनेको तीनजना पूर्व मिस नेपालहरूको उपस्थिति हो । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले यस चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्दैछन् ।

यसअघि निर्माण पक्षले चलचित्रको औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो । एक पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखाइएको थियो । जसमा तीनै अभिनेत्रीहरू रातो रङको पहिरन (लेहेंगा र सारी) मा सजिएका थिए । दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् ।

अर्को पोस्टरमा अभिनेता दिल एक वृद्ध (कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा समावेश थिए । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरिएको थियो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ ।

ध्रुव लम्सालको लेखन रहेको यो चलचित्रले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्नेछ । लेखक लम्साल पनि करिब एक दशकपछि सिनेमा लेखनमा फर्किएका हुन् ।

प्रोडक्सन हेड सीएम भारद्वाज (सुवेदी)का अनुसार चलचित्रको छायांकन फागुनको दोस्रो साताबाटै सुटिङ सुरु गर्ने तालिका भए पनि चुनाव र पछिल्लो परिस्थितिका कारण केही दिन ढिलाइ भएको बताए । काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिने चलचित्रको छायांकन करिब एक महिना चल्ने उनले जानकारी दिए ।

चलचित्रलाई सुदीप बरालले छायांकन (डिओपी) गर्दैछन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् । चलचित्रमा राजन घिमिरेले फिल्म कोअर्डिनेटरको जिम्मेवारी सम्हालेका छन् भने प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहनेछ ।

निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

80 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal