लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

काठमाडौं । यही पौष २४ गते अर्थात् मार्च ८ मा ‘अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसर पारेर पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिशेष ११ जना महिला जसले समाजमा अतुलनीय योगदान पुर्याएका छन् ती महिलाहरुलाई बिशेष सम्मान गरिएको छ। साथै लायन्स अन्तर्राष्ट्रिय सँग सहकार्य गरि सामाजिक कार्य गर्नु हुने १०० जना स्वयंसेवक महिलाहरु तथा महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई पनि सम्मान गरिएको छ। सबै गरी जम्मा १११ जना महिलाहरुलाई सम्मान गरिएको श्रेष्ठले जानकारी गराए।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर भवानी राणाको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको हो भने बिगत बर्षमा महिला बाइक र्याली आयोजना गर्दै आएको थियो। हालको बर्ष प्रतिनिधि सभा चुनाब र सुरक्षा ढृष्टिकोणले महिला बाइक र्याली गर्न नसकिएको संस्थाको संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठले जानकारी गराए। संस्थाको ब्रान्ड एम्बेशडर लायन् युवा मगरले मिस लायन् पेजेन्ट आउँदो अगष्ट महिनामा आयोजना गरिने र सोको समुद्घाटन र सहभागिताको लागि दरखास्त खुलेको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जानकारी गराइएका छन्।
साथै पुर्ब कुमारी चनिरा बज्राचार्यको बिशेष आतिथ्यमा आयोजित सो कार्यक्रममा कुमारीको आशनमा बसिराख्दा र हाल साधारण जीवन यापन गरिराख्दाको आफनो अनुभव उपस्थित सम्पूर्ण सहभागीहरु बीच सुनाउनु भएको थियो। साथै सञ्चारकर्मी माल्भिका सुब्बाको पनि बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाउँदै उपस्थित महिलाहरु माँझ अन्तर्राष्ट्रिय नारी दिवशको शुभकामना ब्यक्त गरेका छन् ।

कार्यक्रममा बिशेष सांगीतिक प्रस्तुती नेपाल आइडल गङ्गा सोनामको रहेको थियो। सर्वनाम नाटक घरको बिशेष नाटक प्रदर्शन गरिएको थियो। साथै अन्तर्राष्ट्रिय कराँते खेलाडी बबिता कार्कि र पुजा खड्कालाई नगद पुरस्कार सहित संस्थाको संस्थापक अध्यक्ष राजिब श्रेष्ठले सम्मान गरेका थिए।

लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका उपाध्यक्ष लायन् अम्रिता लामाले लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडले बिगतको दिनमा रक्तदान कार्यक्रममा जोड दिइएको थियो र हाल आएर रक्तदाता उत्प्रेरणा हुने कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनु भयो। ब्लड डोर्नस सोसाइटी नेपाल काठमाडौं जिल्लाको उपाध्यक्ष समेत रहनु भएको लामा बिगतको दिनमा झै आगामी दिनमा समेत रक्तदान क्षेत्रमा यो संस्थाले सहकार्य गरी अघि बढ्ने कुरा सभामा जानकारी गराए।

सो कार्यक्रममा लायन्सका अग्रज त्रिजा ढकाल, सुधा थापा, सैलेन्द्र दाहाल, लक्ष्मी थापा, लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनका धुर्ब प्रसाद घिमिरे, जे।बी अधिकारी, लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्यालीका संस्थापक अध्यक्ष लायन् मचाकाजी महर्जन, लियो क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष हिना सिंह को पनि उपस्थिती रहेको थियो।

सो सम्मान कार्यक्रमसँगै रक्तदान कार्यक्रम र आँखा जाँच शिविर पनि लायन्स क्लब अफ काठमाण्डू ब्लड हुड र ग्रिनटाउनको सहकार्यमा पाटनको मंगलबजारमा रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा १ जना महिला रक्तदाता तथा ६ जना पुरुष रक्तदाताले रक्तदान गरेका छन् । जम्मा ७ जनाले रक्तदान गरेको सो कार्यक्रममा बिभिन्न संघ संस्थाबाट प्रतिनिधि तथा स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बिशेष सम्मान प्राप्त गर्नु हुनेमाः

1. पुर्ब कुमारी चनिरा बज्राचार्य, Lions Cultural Inspirational Award 2026 2.सञ्चार कर्मी माल्भिका सुब्बा, Lions Media Personality Award 2026. 3. जेन्जी मुभमेटका नेतृत्वकर्ता सरिष्मा थापा, Lions Community Change Maker Award 2026 4.जुनु थापा मगर,केन्द्रिय सदस्य भलिबल संघ Lions Leadership Award 2026. 5.सजना जिरेल, Lions Corporate Enterpreneur Award 2026. 6.नेपाल आइडल गङ्गा सोनाम Lions Youth Icon Award 2026. 7.रेवती गुरुङ, Lions Social Enterpreneur Award Women Enterpreneur 8.शिभना श्रेष्ठ, Lions Women’s Sports Award Fitness Trainer 9.डा. मनु कार्का, Lions Social Impact Award संस्थापक Eco sathi Nepal 10.स्नेहा श्रेष्ठ, -Lions Social welfare Award -Animal Activist 11. खेलाडी तथा अन्तर्राष्ट्रिय कराँते रेफ्रि करुणा रावत क्षेत्री , Lions women Empowerment champion Award रहेका थिए ।

135 Views

One thought on “लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal