आजदेखि निर्वाचनका लागि चारवटै सुरक्षा निकाय परिचालित हुँदै
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुरूप बुधबारदेखि चारवटै सुरक्षा निकायहरू फिल्डमा खटिने भएका छन्।
सरकारले यसअघि नै स्वीकृत गरेको उक्त योजनाअनुसार नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले चुनावी सुरक्षाको कमान्ड सम्हाल्नेछन् । निर्वाचन सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा निर्माण गरिएको छ। मतदानस्थलको सबैभन्दा भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी (निर्वाचन प्रहरी) रहनेछन्।
दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ भने नेपाली सेनाले सबैभन्दा बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ। यसका साथै सेनाले मतपत्र छपाइ, ढुवानी, कारागार तथा विमानस्थल जस्ता महत्त्वपूर्ण संरचनाको सुरक्षा र मतगणना स्थलको सुरक्षा समेत गर्ने सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
निर्वाचन सम्पन्न गर्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिँदैछ। नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा गरी करिब ८० हजार जनशक्ति उतार्ने तयारी गरेको छ।
त्यस्तै, नेपाल प्रहरीका ७७ हजार र थप भर्ना गरिएका १ लाख ३३ हजार म्यादी प्रहरी सुरक्षामा खटिनेछन्। सशस्त्र प्रहरीका तर्फबाट ३४ हजार ५७६ जनशक्ति र १५ हजार ११० म्यादी प्रहरी गरी कुल ४९ हजार ६८६ सुरक्षाकर्मी परिचालन हुनेछन्।
सशस्त्र प्रहरीले कुनै पनि घटना घटेको १० मिनेटभित्र घटनास्थल पुग्ने गरी ‘क्विक रेस्पोन्स’ टोली समेत तयार पारेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १० हजार ९६७ मतदानस्थललाई सुरक्षाको दृष्टिले तीन भागमा वर्गीकरण गरिएको छ। जसमध्ये ३,६८० स्थललाई ‘अति संवेदनशील’, ४,४४२ लाई ‘संवेदनशील’ र २,८४५ लाई ‘सामान्य’ रूपमा राखिएको छ।
यसपटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले २३ हजार ११२ मतदान केन्द्रबाट मतदान गर्नेछन् भने चुनावी प्रतिस्पर्धामा ३ हजार ४०६ उम्मेदवार मैदानमा छन्।
ताजा
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





