भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर । भक्तपुरका वरिष्ठ पत्रकार सुरेन्द्र बहादुर सिलवालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार बिक्रम थापाको समर्थकद्धारा गरिएको मनकामना माईको दर्शन देशको लागि राम्रो भएको बताए । पार्टीका समर्थक तथा शुभेच्छुकहरूले गोरखास्थित प्रसिद्ध शक्तिपीठ मनकामना माईको दर्शन तथा पूजा–अर्चना गरेकोमा उम्मेदवार थापा खुशी छन्।

धार्मिक आस्था र राष्ट्रिय भावनासँग जोडिएको यस कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पूजा–अर्चनाका क्रममा देशमा शान्ति, स्थिरता, सुशासन र राष्ट्रिय एकताको कामना गरिएको सहभागीहरूले बताएका छन्।

मनकामना माईको दर्शनपछि सहभागी समर्थकहरूले राप्रपाले अघि सारेका मूल राजनीतिक एजेन्डाहरू—हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र अभिभावकीय राजसंस्थाको व्यवस्था—प्रति पूर्ण समर्थन रहेको स्पष्ट पारे। उनीहरूका अनुसार नेपालको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षणका लागि यी एजेन्डा अपरिहार्य भइसकेका छन्।

भक्तपुर जिल्ला कार्यसमिति सदस्य सन्तोष सिलवालले नेपाल ऐतिहासिक रूपमा सनातन हिन्दू राष्ट्र रहेको स्मरण गराउँदै वर्तमान धर्मनिरपेक्ष व्यवस्थाले जनभावनालाई सम्बोधन गर्न नसकेको धारणा व्यक्त गरे। “बहुसंख्यक नेपाली जनताको आस्था र संस्कृतिलाई सम्मान गर्दै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ,” सिलवालको भनाइ थियो।

समर्थकहरूले अभिभावकीय राजसंस्था राष्ट्रको एकता, स्थायित्व र राष्ट्रिय स्वाधीनताको प्रतीक भएको उल्लेख गर्दै राजसंस्थाको पुनःस्थापनाले देशलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे। उनीहरूका अनुसार दलगत राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्था आजको आवश्यकता हो।

मनकामना माईको दर्शनलाई केवल धार्मिक कर्म मात्र नभई, राष्ट्र, धर्म र परम्पराप्रतिको प्रतिबद्धताको रूपमा लिइएको समर्थकहरूको भनाइ छ। आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं। २ बाट राप्रपाका उम्मेदवारलाई विजयी गराउन आफूहरू संगठित र प्रतिबद्ध रहेको उनीहरूले बताएका छन्।

पार्टी स्रोतका अनुसार भक्तपुर क्षेत्र नं. २ मा राप्रपाको चुनावी माहोल क्रमशः सकारात्मक बन्दै गएको छ। युवादेखि वृद्धसम्म पार्टीका एजेन्डाप्रति आकर्षण बढ्दै गएको र जनसमर्थन मजबुत हुँदै गएको दाबी राप्रपाको छ।

82 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal