म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै
काठमाडौं । नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।
चार दशकदेखि नेपाली संगीतमा एकछत्र राज गर्दै आएको यस कम्पनीले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा यो अत्याधुनिक स्टुडियो निर्माण गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, विरष्ठि कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथि र म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा उपस्थितिमा शुक्रबार ‘म्युजिक नेपाल अडियो भिजुअल’ को औपचारिक शुभारम्भ गरियो ।
विशिष्ट अतिथि कालाकारद्वय श्रेष्ठ र आचार्यले पानसमा दीप प्रज्ज्वलन गरेर यो ‘डल्बी एट्मस’ स्टुडियोको औपचारिक शुभारम्भ गरिएको थियो । डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो । नेपालमा भने पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो ।
यस स्टुडियोको सबैभन्दा ठूलो विशेषता यसको ३२.१ डल्बी एट्मस कन्फिगरेसन हो । ३२.१ भन्नाले सिस्टममा प्रयोग भएको स्पिकर च्यानलको संख्या जनाउँछ अर्थात् ३२ वटा स्पिकर च्यानल + १ सबवुफर (LFE) च्यानल । साधारणतया ५.१ वा ७.१ साउन्ड सिस्टममा आवाज वरिपरिबाट मात्र आउँछ भने ३२.१ डल्बी एट्मस प्रविधिले दर्शकलाई आवाजको बीचमा भएको महसुस गराउँछ । यसमा ३२ वटा विभिन्न च्यानल र शक्तिशाली सब-वूफरमार्फत ध्वनिलाई ‘थ्री-डी’ प्रभाव दिइन्छ । यसले आवाजलाई छतमाथिबाट, अगाडि-पछाडि, दायाँ-बायाँ, वरिपरि घुम्न दिइन्छ । फिल्म हेर्दा वर्षा भएको, चरा उडेको वा हेलिकप्टर थुप्रै दिशाबाट आएको अनुभव वास्तविक जस्तै हुन्छ ।
यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना हो । डल्बीबाट सर्टिफाइड यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा उत्कृष्ट स्टुडियोमध्ये एकमा पर्दछ । जसले हलिउड र बलिउडका ठूला फिल्मको जस्तै ‘इमर्सिभ’ अनुभव नेपाली दर्शकलाई दिनेछ ।
यो स्टुडियोको सेटअपका लागि बलिउडका दिग्गज साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डी काठमाडौं आएका थिए । दमन सुद ती व्यक्तित्व हुन्, जसले यश चोपडा, करण जोहर र सञ्जयलीला भन्सालीका फिल्ममा जादुमयी ध्वनि भरेका छन् ।
सुदले भने, “यो स्टुडियो उपकरणको थुप्रो मात्र होइन, यो फ्युचरिस्टिक छ । अबको १० वर्षलाई लक्षित गरी बनाइएको यो स्टुडियोले नेपाली फिल्मलाई अस्कर र संगीतलाई ग्रामी अवार्डसम्म पुर्याउने क्षमता राख्छ ।”
हिमालका नाममा स्टुडियोका कक्षहरू
स्टुडियोलाई नेपाली मौलिकता दिनका लागि यसका विभिन्न कक्षहरूको नाम ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल र राष्ट्रिय चराको नामबाट राखिएको छ ।
सगरमाथा कक्ष: डल्बी एट्मस मिक्सिङ
मनास्लु कक्ष: बहुउद्देश्यीय कोठा
अन्नपूर्ण र ल्होत्से: एडिटिङ र मिक्सिङ स्विट
धौलागिरी: रेकर्डिङ र कन्ट्रोल रुम
डाँफे: डीआई (Digital Intermediary) रुम
फिल्मकर्मीलाई सुवर्ण अवसर: ५० प्रतिशतसम्म छुट
नेपाली फिल्मको कमजोर मानिने ‘साउन्ड’ पक्षलाई सुधार्न म्युजिक नेपालले फिल्मकर्मीलाई विशेष सहुलियतको समेत घोषणा गरेको छ । म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार, स्टुडियो बुकिङ गर्ने पहिलो ३ ग्राहकलाई ५० प्रतिशत छुट दिइनेछ । त्यस्तै, जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
“नेपाली फिल्ममा जुन लेभलको ध्वनि प्रभाव हुनुपर्ने हो, त्यो नभएको महसुस गरेर हामीले यो जोखिम मोलेका हौं,” शर्माले भने, “डल्बीले प्रमाणित गरेपछि अब हलिउड र नेपालको ध्वनिको गुणस्तर बराबर हुनेछ ।”
डल्बीद्वारा मान्यताप्राप्त स्टुडियो भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरमा ध्वनिको गुणस्तर पाइने उनले बताए । ‘डल्बीको लागि यहाँ र हलिउडको साउन्डको लेभल बराबर हुनुपर्छ’ उनले गुणस्तरबारे भने, ‘डल्बीले सर्टिफाइड गरिसक्यो, यो ठूलो उपलिब्ध हो ।’
स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ स्टुडियो, प्रि-मिक्सका सबै कार्य हुने जनाइएको छ । ‘फिल्मका सबै पोस्ट-प्रोडक्सन कार्य यहाँ हुन्छ । सुटिङ गरेर आएपछिका सबै काम हुन्छ’ म्युजिक नेपालका प्रमुख शर्माले भने ।
उपकरण मात्र नभई दक्ष प्राविधिक तयार पार्न डल्बीका इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउन्ड इन्जिनियरहरूलाई विशेष तालिम समेत दिइसकेका छन् । यसले गर्दा आगामी दिनमा नेपाली फिल्मको पोस्ट-प्रोडक्सनका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ । भरत रेड्डीको नाम थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको टक्सिकजस्ता चर्चित चलचित्रहरूसँग जोडिएको छ । उनी डल्बी सर्टिफाइड ट्रेनर हुन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





