इक्यानको सचिवमा सिलवालको उम्मेदवारी
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० को सचिवमा सुरज सिलवालले उम्मेदवारी दिएका छन् । उनी इक्यानको अहिलेको कार्यसमिति सदस्य हुन् । उनले यसअघि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर सदस्य जितेका हुन् ।
इक्यानको निर्वाचन पौष २८ गते सोमबार काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले अध्यक्ष, उपाध्यक्ष तीनजना, महासचिव, सचिव दुइजना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र ९ जना सदस्य रहेको १८ जनाको कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । सिलवालले आफूलाई सचिवमा मतदान गर्नुपर्ने कारण स्पष्ट पार्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । बिगत १५ वर्षदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय सिलवालले संस्थागत सुधार र व्यवसायीहरूको हकहितका लागि सचिवमा उम्मेदवारी दिएको बताएका छन् । इक्यानको मंगलबार उम्मेदवारी दर्ता भएको छ ।
कनेक्ट ग्लोब एजुकेशन ग्रुपका निर्देशकसमेत रहेका सिलवाल हाल इक्यानको कार्यसमिति सदस्य भएर काम गरिरहेका छन् । सिलवालले आफ्नो उम्मेदवारीसँगै ८ बुँदे कार्ययोजना अघि सारेका छन् । सम्पूर्ण ईक्यान सदस्यहरूलाई संघको कार्यक्रममा नेतृत्वदायी भूमिका प्रदान गर्ने र व्यावसायिक तालिम सुनिश्चित गर्ने, केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रको नवीकरण र नयाँ स्वीकृति प्रक्रियालाई सरल र प्रभावकारी बनाउन पहल गर्ने बताएका छन् । यसैगरी उनले विदेशी विश्वविद्यालय तथा कलेजहरूलाई नेपालमा आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको व्यावसायिक सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने, केन्द्रदेखि शाखासम्मका सदस्यहरूको व्यावसायिक अवसर र सूचनामा पहुँच पु¥याउन ‘मेम्बर ओरिएन्टेड’ कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, ‘द नलेज हाउस’ अभियानमार्फत कोष संकलन गरी इक्यानको आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ ठोस कदम चाल्नेलगायतका प्रतिबद्धता उनले गरेका छन् ।
‘व्यक्तिगत स्वार्थभन्दा माथि उठी इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको आवाज बनेर पारदर्शिता र जवाफदेहीताका साथ अघि बढ्ने मेरो प्रतिबद्धता छ,’ उनले भनेका छन् । उनी बिगत १० वर्षदेखि इक्यानको साधारण सदस्य भएर काम गरेका छन् । आफ्नो विगतको कार्यसम्पादन र भावी योजनाका आधारमा सदस्यहरूबाट अमूल्य मत र समर्थन पाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





