‘नेपाल नेशन्स अवार्ड २०२५’ भव्यरुपमा सम्पन्न

२०८२ पुष १७ गते, बिहीबार

काठमाडौ । राष्ट्रिय गौरव नेपाल नेशन्स अवार्ड को पहिलो संस्करण गत मंगलबार काठमाडौमा भव्य रुपमा सम्पन्न भएको छ ।

काठमाडौको बालजुस्थित अनुपम पार्टी भेन्युमा प्रदेश सभा सदस्य एवम् सरकारका पुर्व कृषि राज्य मन्त्री राधिका तामाङको सम्बोधनमा सम्पन्न भएको हो । मन खुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनको आयोजनामा रहेको कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्रालय, युवा तथा खेलकुद मन्त्रलय, चन्द्रागिरी नगरपालिका, बेलकोटगढी नगरपालिका र राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशसँगको समन्वयमा अवार्ड सम्पन्न भएको छ ।

कार्यक्रममा विशेष अतिथिहरुमा बेलकोटगढी नगरपालिका मेयर जगत बहादुर लामा, मनखुसी फाउन्डेसनका संस्थापक साथै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गायक मान बहादुर तामाङ, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष चर्चित गायक प्रकाश कटुवाल, बरिस्ठ कराँते अन्तर्राष्ट्रिय प्रशिक्षक ध्रुव बिक्रम मल्ल, विश्व किर्तिमानी नायिका छिरिङ शेर्पा, युवा व्यवसायी गणेश खड्का , अमित थेवे, निर्देशक तथा समाजसेवी मेख बहादुर गुरुङ, निर्देशक राज किङ वाईबा लगायतको विशेष उपस्थिति रहेको थियोे । नेपाल नेशन्स अवार्ड, मनखुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनको अध्यक्ष करण तामाङ र अवार्ड कार्यक्रमको सभापतिमा दिनेश तामाङ रहेको छ ।

अवार्ड विजेता हुनेहरुमा मातृभाषाको गीतबाट सर्वोत्कृष्ट मोडलमा मरिया तामाङ, मातृभाषा चलचित्रको उत्कृष्ट नायिकामा छिरिङ शेर्पा, सर्वोत्कृष्ट समाजसेवी महिला तर्फ सुनिता लामा र आशिका तामाङ, टेलिसिरिय कलाकारमा बुहारी सिरियलबाट अनिता बैजु कमला, नेपाली मेलोडिज लोक गीत गायकमा अशोक तामाङ, हप्किडो राईजिङ स्टारमा विशाल थापा, तामाङ म्हेन्दोमाया गायिकामा फुलमाया तामाङ, म्हेन्दोमाया गायिकामा लक्ष्मी स्याङ्तान, नेपाली चलचित्र तर्फ बुद्धि तामाङ, लोक गीत निर्देशकमा भुपेन्द्र रिखाम मगर, भाषाभाषी एवम् मातृ भाषाको गीतको मोडलमा छिरिङ शेर्पा, लोक गीत गायिकामा जानुका तामाङ, लोक काठे तथा दोहोरी गीत गायिकामा अर्चना स्याङ्तान लामा, तामाङ सेलो गीतको मोडलमा सुमि दोङ, तामाङ सेलो नव मोडलमा डोमसाङ तामाङ, हप्किडो खेल जुनियर स्टारमा ज्यासन जे एम, उत्कृष्ट शब्द संकलन लोक गीत तर्फ कान्ति जोशी, पप गीत गायकमा केदान नेपाली, तामाङ गीत गायकमा प्रकाश वाईबा, काठे गीत गायिकामा सुसिला लामा, लोक तथा काठे दोहोरी गीत गायिकामा रिता लामा, लोक तथा दोहोरी गीत मोडलमा सरस्वती तामाङ, तामाङ चलचित्र कलाकारमा सिर्जना तामाङ, उत्कृष्ट व्यवसायमा सामना देवकोटा साईलीको बुटिक अमेरिका, उत्कृष्ट ब्युटिसियनमा एकता भण्डारी र पायल माया बुढाथोकी, तामाङ सेलो मोडलमा सन्जय तामाङ, चाडपर्वका गीत गायिकामा रजनी लामा, लघुचलचित्र कलाकारमा सनिता स्याङ्तान तामाङ, नव लोक गायिकामा सलिना मोक्तान, नेपाली चलचित्र गीत गायकमा सगुन गुरुङ, चलचित्र निर्देशकमा पहिचान चलचित्र बाट भिम लामा, समाजसेवी पुरुष तर्फ फुर्वा दोर्जे मोक्तान, म्हेन्दोमाया गायकमा मिलन एस वाईबा, नव म्हेन्दोमाया गायिकामा सुस्मिता तामाङ, नव लोक गायिकाहरुमा मिना राईमाझि, माया कार्की, पप तथा मोडर्न गीत गायिकामा नविना सिलवाल खुईली, उत्कृष्ट मेहेन्दी कलाकारमा प्रमोद शाह, तामाङ गीत मोडलमा रोजिना तामाङ, उत्कृष्ट नायक दयाहाङ राई, तामाङ सेलो गीत गायीकामा बिमला लामा, नव गायक काठे गीतबाट बिमल गुरुङ, काठेगीत मोडल तर्फ इन्द्रमान घलान, सुर्य बहादुर कठाया, शिभ श्रेष्ठ, म्युजिक भिडियो उत्कृष्ट निर्देशकमा उमेश कार्की, उत्कृष्ट शब्द शंकलनमा लक्ष्मी राई कुसुम, उत्कृष्ट संगीतमा कुमार लामा, नव गायक काठे गीतबाट भिमसेन दहाल लगायत अवार्ड विजेता बनेका छन् ।

कार्यक्रम सफल बनाउनका लागि उपस्थित प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा माया साथ समर्थन गर्ने सबैलाई कार्यक्रमका अध्यक्ष दिनेश तामाङ र अवार्डका अध्यक्ष करण तामाङले धन्यवाद व्यक्त गरेका छन् ।

106 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal