पूर्वराजा शाह भारत प्रस्थान

२०८२ पुष ३ गते, बिहीबार

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्ववडामहारानी कोमल शाह बुधबार अपराह्न स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका छन्। झापाको पूर्वी नाका काँकडभिट्टा भएर उनीहरू पश्चिम बंगालको सिलिगुडीतर्फ लागेका स्रोतले देशसञ्चारलाई पुष्टि गरेको छ।

भारत प्रस्थान गर्नुअघि उनीहरूले धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेका थिए। भ्रमणको उद्देश्य र समयावधिबारे सुरक्षा निकायहरूले अनभिज्ञता प्रकट गरेका छन्। उनीहरू भारतको सिलिगुडी लागेका बताइएको छ।

पछिल्लो समय नेपालमा बढ्दै गएको गणतन्त्र विरोधी असन्तोष र राजसंस्थाको पक्षमा देखिएको सक्रियताका बीच भएको यस भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, पूर्वराजाले विगतमा पनि स्वास्थ्य परीक्षण, धार्मिक यात्रा र पारिवारिक भेटघाटका लागि भारत भ्रमण गर्ने गरेकाले यसलाई विशुद्ध निजी र पारिवारिक भ्रमण हुनसक्ने अनुमान पनि गरिएको छ।

95 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal