गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक

२०८२ मंसिर २८ गते, आईतवार

तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रै’छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ !

यी हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” गीतका स्थायी लाइन हुन् । कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन् ।
प्रवासमै बस्ने अर्का सङ्गीतकार तथा गायक नवीन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह त भयो तर रेकर्डिङ्गको प्रक्रिया थाल्नै वर्षौँ लाग्यो । प्रवासी जीवन बाध्यता, आवश्यकता र परिस्थितिको दास हुँदै हो । समय अर्काको अधीनमा हुन्छ अनि जिन्दगी पनि अरूकै बन्दकीमा । पराधीन जीवनशैली र बन्दकी समयका छोक्राहरु निचोरेर आफूलाई थोरै भए पनि सिर्जनशील बनाउनु आत्मसन्तुष्टिको शर्तमा गतिलै कुरा रहेछ । लेखिएर छोडेको गीतप्रति अन्याय नहोस् भन्ने हेतुले गीत रेकर्ड भयो ।

पुरुष आवाज सङ्गीतकार नवीन आफैँले दिने भए । महिला आवाजमा गायिका रजिना रिमालले साथ दिएकी छिन् । गीत त रेकर्ड भयो, तर सुन्ने होइन हेर्ने जमानामा अडियोले मात्रै गीतको पूर्णता महसुस गराउने कुरो थिएन । संतोषजनक सुनिएको गीतको अडियोले अन्ततः भिडियो पनि निर्माण गर्ने आकांक्षा बढायो । सबैको मन मिल्यो । टिम बन्यो र एउटा प्रेमिल साङ्गीतिक कर्मले पूर्णता पायो । गीतकार सेसेल्स, सङ्गीतकार दुबई अनि गायिकालगायत म्युजिक भिडियोमा सामेल अन्य टिम सदस्य नेपालमा छन् । कुनै समयका रेडियो सहकर्मी गणेश खड्का र नवीन खनालले आफूहरू पचासको दशकमा रेडियो नेपालमा हुँदै केहि गीतमा सहकार्य गरिसकेका थिए ।

नाटक, कविता, गीत, गजल, मुक्तक, कथा, निबन्ध तथा समसामयिक लेख रचनामा कलम चलाउँदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि दर्जन बढी गीतहरू बजारमा आइसकेका छन् । साथै उनका नाटकसङ्ग्रह र कवितासङ्ग्रह सहित अन्य केही सम्पादित पुस्तकहरू पनि प्रकाशित छन् ।
लेखक तथा सम्पादकमा छवि बनाएका खड्का अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष पनि हुन् । अन्तरर्जातीय प्रेम सम्बन्धको सङ्घर्षपूर्ण कथा भन्दै अन्ततोगत्वा आपसी समर्पण र सङ्कल्पले प्रेमसँगै जीवन पनि सफल हुन्छ भने वस्तुनिष्ठ सत्य तथा सामाजिक सन्देश दिएर गीत क्लाइमेक्समा सुखान्त भएर सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा दृश्य सुवेदी र रुषा नेउपानेले जीवन्त अभिनय गरेका छन् । गीतमा रिकेश गुरुङ्गको सङ्गीत संयोजन, हरि हुमागाईंको छायाङ्कन अनि शिव पुरीको निर्देशन तथा सम्पादन रहेको छ । यतिबेला प्रस्तुत गीतलाई दर्शक–श्रोताले राम्रो प्रतिक्रिया सहित मन पराइरहेका छन् ।

गीतकारको आफ्नै युट्युब च्यानल न्बलभकज प्जबमपब मार्फत् २६ मङ्सिर २०८२ तदनुसार १२ डिसेम्बर २०२५ का दिन सार्वजनिक भएको गीतको समग्रता बुझ्न भने गीत पुरै सुन्नुपर्ने र हेर्नुपर्ने हुन्छ ।

 

103 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal