कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ सार्वजनिक

२०८२ मंसिर २८ गते, आईतवार

काठमाडौं । हामी र हाम्रो कृति समाजको २४औँ कृति कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ हिजो शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौँबाट भव्यरुपमा लोकार्पण कार्यक्रम सम्पन भयो ।

दीपोज्वलन साथै राष्ट्रिय गानसहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारी र साहित्यकार बृन्दा ढुङ्गानाले अत्यन्त उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलले दिनुभएको थियो ।

हामी र हाम्रो कृति समाजका आजीवन सदस्य मीरा न्यौपाने गजुरेलको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा प्रमुख अतिथि तथा विमोचित कृतिको समीक्षकको आसनमा प्रखर राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्की रहनुभएको थियो ।

त्यसैगरि विशिष्ट अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा रहनुका साथै विमोचित कृतिमाथि टिप्पणी गर्नुहुने अतिथिहरूको आसनमा डा. श्री देवी क्षेत्री दुलाल (लेखक संघका केन्द्रीय अध्यक्ष), श्री त्रिभुवनचन्द वाग्ले (मधुपर्क मासिक प्रत्रिकाका प्रधान सम्पादक), श्री शेरबहादुर विश्वकर्मा (जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष), कुशल बोकटी ( जनसास्कृतिक महासंघका केन्द्रीय महासचिव) रहनुभएको थियो ।

दोहोरो भूमिका निर्वाह गर्नुभएका प्रमुख अतिथि प्रा. डा. गोविन्द मानसिंह कार्कीज्यूले विमोचित कृतिको समीक्षा उत्कृष्ट तरिकाले गर्नुभएको थियो । कृतिकार कर्ण दयाल ुसोराडी’ले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिनु भएकोमा हामी र हाम्रो कृति समाजका सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

बधाई तथा शुभकामना सहित सुरु गर्नुभएको आफ्नो मन्तव्यमा संस्थाका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले आगामी दिनमा १२ जना स्रष्टाका कृतिहरू हरेक महिनाको तेस्रो हप्ता पालैपालो गर्दै जाने र हाम्रो संस्थालाई विश्वास गर्नुहुने देशका जुनसुकै कुनामा रहनु भएका सर्जकहरूको कृति विमोचनको लागि पनि यस संस्था सदैव तयार रहेको विश्वास दिलाउनु भएको थियो । संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्द मानसिंह कार्की र विशिष्ट अतिथि विजयध्वज थापाले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका निम्ति गरेको कार्यप्रति प्रशंसा गर्दै यसको निरन्तरताको कामना गर्नुभएको थियो ।

शुभकामना मन्तव्य तथा विमोचित कृतिमाथि सटिक टिप्पणी गर्नुहुने अतिथिज्यूहरूले कर्ण दयालद्वारा लिखित उथलपुथल मुक्तकसङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा रहने कुरामाथि प्रकाश पार्दै कृतिकारलाई बधाई तथा शुभकामनाका साथ हामी र हाम्रो कृति समाजले गरेको कार्यप्रति प्रशंसा गर्नुभएको थियो ।
लगभग ४७ जना उपस्थित साहित्यकारहरू मध्यबाट रचना वाचन गर्नुहुनेहरूमा राजेशमान के।सी, प्रमुना पौडेल, मन भुजेल, नानु राना थापा, शिव हरि थापा, बद्री उप्रेती, बृन्दा ढुङ्गाना, शशिश्री आचार्य, कुमार नेपाल, प्रधुन्न अधिकारी र निरा श्रेष्ठले विमोचित कृतिबाट र आफ्ना रचनाहरू वाचन गर्नु भएको थियो ।

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मीरा न्यौपाने गजुरेलले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको र उक्त कृतिका कृतिकार कर्ण दयाल ‘सोराडी’लाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

52 Views

ताजा

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

२०८२ चैत्र २२ गते, आईतवार

होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने

२०८२ चैत्र २२ गते, आईतवार

नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal