कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ सार्वजनिक

२०८२ मंसिर २८ गते, आईतवार

काठमाडौं । हामी र हाम्रो कृति समाजको २४औँ कृति कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ हिजो शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौँबाट भव्यरुपमा लोकार्पण कार्यक्रम सम्पन भयो ।

दीपोज्वलन साथै राष्ट्रिय गानसहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारी र साहित्यकार बृन्दा ढुङ्गानाले अत्यन्त उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलले दिनुभएको थियो ।

हामी र हाम्रो कृति समाजका आजीवन सदस्य मीरा न्यौपाने गजुरेलको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा प्रमुख अतिथि तथा विमोचित कृतिको समीक्षकको आसनमा प्रखर राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्की रहनुभएको थियो ।

त्यसैगरि विशिष्ट अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा रहनुका साथै विमोचित कृतिमाथि टिप्पणी गर्नुहुने अतिथिहरूको आसनमा डा. श्री देवी क्षेत्री दुलाल (लेखक संघका केन्द्रीय अध्यक्ष), श्री त्रिभुवनचन्द वाग्ले (मधुपर्क मासिक प्रत्रिकाका प्रधान सम्पादक), श्री शेरबहादुर विश्वकर्मा (जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष), कुशल बोकटी ( जनसास्कृतिक महासंघका केन्द्रीय महासचिव) रहनुभएको थियो ।

दोहोरो भूमिका निर्वाह गर्नुभएका प्रमुख अतिथि प्रा. डा. गोविन्द मानसिंह कार्कीज्यूले विमोचित कृतिको समीक्षा उत्कृष्ट तरिकाले गर्नुभएको थियो । कृतिकार कर्ण दयाल ुसोराडी’ले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिनु भएकोमा हामी र हाम्रो कृति समाजका सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

बधाई तथा शुभकामना सहित सुरु गर्नुभएको आफ्नो मन्तव्यमा संस्थाका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले आगामी दिनमा १२ जना स्रष्टाका कृतिहरू हरेक महिनाको तेस्रो हप्ता पालैपालो गर्दै जाने र हाम्रो संस्थालाई विश्वास गर्नुहुने देशका जुनसुकै कुनामा रहनु भएका सर्जकहरूको कृति विमोचनको लागि पनि यस संस्था सदैव तयार रहेको विश्वास दिलाउनु भएको थियो । संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्द मानसिंह कार्की र विशिष्ट अतिथि विजयध्वज थापाले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका निम्ति गरेको कार्यप्रति प्रशंसा गर्दै यसको निरन्तरताको कामना गर्नुभएको थियो ।

शुभकामना मन्तव्य तथा विमोचित कृतिमाथि सटिक टिप्पणी गर्नुहुने अतिथिज्यूहरूले कर्ण दयालद्वारा लिखित उथलपुथल मुक्तकसङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा रहने कुरामाथि प्रकाश पार्दै कृतिकारलाई बधाई तथा शुभकामनाका साथ हामी र हाम्रो कृति समाजले गरेको कार्यप्रति प्रशंसा गर्नुभएको थियो ।
लगभग ४७ जना उपस्थित साहित्यकारहरू मध्यबाट रचना वाचन गर्नुहुनेहरूमा राजेशमान के।सी, प्रमुना पौडेल, मन भुजेल, नानु राना थापा, शिव हरि थापा, बद्री उप्रेती, बृन्दा ढुङ्गाना, शशिश्री आचार्य, कुमार नेपाल, प्रधुन्न अधिकारी र निरा श्रेष्ठले विमोचित कृतिबाट र आफ्ना रचनाहरू वाचन गर्नु भएको थियो ।

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मीरा न्यौपाने गजुरेलले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको र उक्त कृतिका कृतिकार कर्ण दयाल ‘सोराडी’लाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

127 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal