ओसियानाबाट मनोनित भएकाहरुलाई अध्यक्ष श्रेष्ठद्वारा बधाई ज्ञापन

२०८२ मंसिर २६ गते, शुक्रबार

गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का अध्यक्ष महेश श्रेष्ठले ओशियानाबाट मनोनित भएका पदाधिकारी, आईसीसी सदस्य एवम मानार्थ सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् ।

मनोनित भएका व्यक्तिहरुबिच भएको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष एवम एनआरएनए एकता स्टेरिड कमिटिका संयोजक श्रेष्ठले जिम्मेवारी पूर्वक एनआरएनएको एकतामा सहयोग पुर्‍याउन आग्रह गरे । लामो समयदेखि बिथोलिएको एनआरएनए अब एकताको बाटोमा अघि बढेको र यो एकताबाट बाहिरीन कसैलाई पनि छुट नहुँने भन्दै गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि पनि सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

एनसीसीहरुका एकताको बारेमा पनि स्टेरिड कमिटिले अवधारण बनाएर कार्य अघि बढाउने संघका प्रवक्ता एवम एकता अधिवेशन स्टेरिड कमिटिका सदस्य गंगाधर गौतमले बताए । गौतमले मनोनित सबैलाई बधाई ज्ञापन गर्दै संघको कार्यमा सहयोग गर्न अपिल गरे ।

गैर आवसीय नेपाली संघ आईसीसीका सल्लाहकार कृष्ण गिरीले मनोनित सबैलाई बधाई दिदै संस्थामा लामो समयदेखि बिभिन्न भूमिकाबाट सहयोग गरीरहेका साथीहरुलाई मनोनित गरी कार्य गर्ने अवसर दिएकोमा एनआरएनए आईसीसीलाई आभार प्रकट गरेका थिए ।

परिचयात्मक कार्यक्रमको सहजिकरण सल्लाहकार गिरीले गरेका थिए भने उपस्थित सबैले संघका बर्तमान आवस्था, अवसर र चुनौतिका बारेमा बिचार राखेका थिए ।

गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का अध्यक्ष महेश श्रेष्ठलको अध्यक्षतामा २ नोभेम्बर २०२५मा बसेको बैठकले ओसेनियाबाट यी अभियन्ताहरुलाई मनोनित गरेको थियो ।

आईसीसी सदस्यः प्रेम (पदमलाला) सापकोटा, मानार्थ सदस्यहरुः दिलिप पोखरेल, राज कुमार अधिकारी, राजन ढुंगेल, असीम गौतम, रमेश छल्कुल्ली, सरोज पाण्डे, राजीव नरसिंह केसी, हिरा गिरी, सुरेश गुरुङ, शेशमणी शर्मा, बुद्धि सागर घिमिरे, ओसेनिया महिला संयोजक मनिषा अर्याल उप्रेती, महिला उपसंयोजक गोपसोना पाडेल, युवा संयोजक विशाल पोखरेल र उपसंयोजक प्रेम प्रकाश धामी (प्रमेज) रहेका छन् ।

119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal