ओसियानाबाट मनोनित भएकाहरुलाई अध्यक्ष श्रेष्ठद्वारा बधाई ज्ञापन

२०८२ मंसिर २६ गते, शुक्रबार

गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का अध्यक्ष महेश श्रेष्ठले ओशियानाबाट मनोनित भएका पदाधिकारी, आईसीसी सदस्य एवम मानार्थ सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् ।

मनोनित भएका व्यक्तिहरुबिच भएको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष एवम एनआरएनए एकता स्टेरिड कमिटिका संयोजक श्रेष्ठले जिम्मेवारी पूर्वक एनआरएनएको एकतामा सहयोग पुर्‍याउन आग्रह गरे । लामो समयदेखि बिथोलिएको एनआरएनए अब एकताको बाटोमा अघि बढेको र यो एकताबाट बाहिरीन कसैलाई पनि छुट नहुँने भन्दै गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि पनि सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

एनसीसीहरुका एकताको बारेमा पनि स्टेरिड कमिटिले अवधारण बनाएर कार्य अघि बढाउने संघका प्रवक्ता एवम एकता अधिवेशन स्टेरिड कमिटिका सदस्य गंगाधर गौतमले बताए । गौतमले मनोनित सबैलाई बधाई ज्ञापन गर्दै संघको कार्यमा सहयोग गर्न अपिल गरे ।

गैर आवसीय नेपाली संघ आईसीसीका सल्लाहकार कृष्ण गिरीले मनोनित सबैलाई बधाई दिदै संस्थामा लामो समयदेखि बिभिन्न भूमिकाबाट सहयोग गरीरहेका साथीहरुलाई मनोनित गरी कार्य गर्ने अवसर दिएकोमा एनआरएनए आईसीसीलाई आभार प्रकट गरेका थिए ।

परिचयात्मक कार्यक्रमको सहजिकरण सल्लाहकार गिरीले गरेका थिए भने उपस्थित सबैले संघका बर्तमान आवस्था, अवसर र चुनौतिका बारेमा बिचार राखेका थिए ।

गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का अध्यक्ष महेश श्रेष्ठलको अध्यक्षतामा २ नोभेम्बर २०२५मा बसेको बैठकले ओसेनियाबाट यी अभियन्ताहरुलाई मनोनित गरेको थियो ।

आईसीसी सदस्यः प्रेम (पदमलाला) सापकोटा, मानार्थ सदस्यहरुः दिलिप पोखरेल, राज कुमार अधिकारी, राजन ढुंगेल, असीम गौतम, रमेश छल्कुल्ली, सरोज पाण्डे, राजीव नरसिंह केसी, हिरा गिरी, सुरेश गुरुङ, शेशमणी शर्मा, बुद्धि सागर घिमिरे, ओसेनिया महिला संयोजक मनिषा अर्याल उप्रेती, महिला उपसंयोजक गोपसोना पाडेल, युवा संयोजक विशाल पोखरेल र उपसंयोजक प्रेम प्रकाश धामी (प्रमेज) रहेका छन् ।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal