आगामी पुसमा ‘झरीपछिको इन्द्रेणी’

२०८२ मंसिर २५ गते, बिहीबार

काठमाडौं । कलाकार अर्जुन घिमिरे (पाँडे) द्वारा निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच यो सार्वजनिक गरिएको हो ।

ट्रेलरमा चलचित्रलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ । ट्रेलरले सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथालाईचलचित्रको विषयबस्तु बनाएको सङ्केत दिएको बताइएको छ ।

‘झरी’पछि आउने ‘इन्द्रेणी’लाई खुशीको रूपमा लिइने भएकाले यो चलचित्रमा कथाका मुख्य सार पनि यही रहेको ट्रेलरबाट अनुमान गर्न सकिने चलचित्र समीक्षक सामीप्य तिमल्सिनाले प्रतिक्रिया दिनुभएको छ । यो चलचित्रमार्फत अभिनेता गणेश उप्रेतीलेनौ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेको पनि बताइएको छ ।

चलचित्रमा उप्रेतीको अलवा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय रहेको बताइएको छ । चलचित्रमार्फत नव कलाकार विमोञ्चम दवाडी र जेसिका पोखरेलले नेपाली रजतपटमा डेब्यु गरेको पनि बताइएको छ । निर्देशक पाँडेले चलचित्रले हाम्रै समाजको कथा भन्ने कुरालाई मुखरित गरेको बताउनुभयो ।

चलचित्र सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले यसै चलचित्रमार्फत ठूलो पर्दाको निर्देशनमा आफूले डेब्यु गरेको पनि जानकारी दिनुभयो । अनिसा सेन्दाङ लिम्बु निर्माता रहेको चलचित्रको सह–निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा रहनुभएको छ । आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनीको तयारीमा योचलचित्ररहेको पनि बताइएको छ ।

103 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal