आगामी पुसमा ‘झरीपछिको इन्द्रेणी’
काठमाडौं । कलाकार अर्जुन घिमिरे (पाँडे) द्वारा निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच यो सार्वजनिक गरिएको हो ।
ट्रेलरमा चलचित्रलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ । ट्रेलरले सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथालाईचलचित्रको विषयबस्तु बनाएको सङ्केत दिएको बताइएको छ ।
‘झरी’पछि आउने ‘इन्द्रेणी’लाई खुशीको रूपमा लिइने भएकाले यो चलचित्रमा कथाका मुख्य सार पनि यही रहेको ट्रेलरबाट अनुमान गर्न सकिने चलचित्र समीक्षक सामीप्य तिमल्सिनाले प्रतिक्रिया दिनुभएको छ । यो चलचित्रमार्फत अभिनेता गणेश उप्रेतीलेनौ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेको पनि बताइएको छ ।
चलचित्रमा उप्रेतीको अलवा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय रहेको बताइएको छ । चलचित्रमार्फत नव कलाकार विमोञ्चम दवाडी र जेसिका पोखरेलले नेपाली रजतपटमा डेब्यु गरेको पनि बताइएको छ । निर्देशक पाँडेले चलचित्रले हाम्रै समाजको कथा भन्ने कुरालाई मुखरित गरेको बताउनुभयो ।
चलचित्र सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले यसै चलचित्रमार्फत ठूलो पर्दाको निर्देशनमा आफूले डेब्यु गरेको पनि जानकारी दिनुभयो । अनिसा सेन्दाङ लिम्बु निर्माता रहेको चलचित्रको सह–निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा रहनुभएको छ । आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनीको तयारीमा योचलचित्ररहेको पनि बताइएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





