नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर १७ गते भ्रष्टाचारको अभियोगमा पक्राउ गरेको छ । अधिकारीको विषयमा अख्तियारमा भ्रष्टाचार बारेको थुप्रै उजुरीहरु परेको थियो । पहिल्लो समय भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणमा भएको व्यापक अनियमितता गरेको आरोपमा उनी पक्राउ परेको समाचार श्रोतले बताएको छ ।
प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा उजुरी परेको थियो । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अधिकारीले गरेको ब्रम्हलुटलाई अख्तियारले खासै चासो देखाएको थिएन । काँग्रेस, नेकपा समाजवादी र माओवादीका तात्कालिन मन्त्रीहरुलाई प्रभावमा पारेर अधिकारीले नागरिक उड्डयन प्राधिकरणमा लुटको खेती गर्दै आएको जानकारहरुले बताएका छन् । खासगरी नेकपा एसका प्रेमबहादुर आले, माओवादीका सुदन किराँती, हितबहादुर तामाङ र काँग्रेसका बद्री पाण्डे डिजी अधिकारीको दानापानीमा रमाउने गरेको त्यतिबेला चर्चा चलेको थियो ।

101 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal