हामी र हाम्रो कृति समाजको २३औँ कृति ‘प्रेमपत्र’ लोकार्पण

२०८२ मंसिर १४ गते, आईतवार

काठमाडौं । हामी र हाम्रो कृति समाजको २३औँ कृति सरस्वती भित्रकोटीको मुक्तकसङ्ग्रह ुप्रेमपत्र’ लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौँबाट हिजो शनिबार लोकार्पण कार्यक्रम सम्पन भयो ।

दीपोज्वलन साथै राष्ट्रिय गान सहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन संगीता खरेलले अत्यन्त उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य हामी र हाम्रो कृति समाजका संस्थापक सचिव बद्री उप्रेतीले दिनुभएको थियो । हामी र हाम्रो कृति समाजका आजीवन सदस्य कर्ण दयाल ुसोराडी’ को अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनमा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ साहित्यकार एवम् मुक्तककार वियोगी बुढाथोकी रहनु भएको थियो । त्यसैगरि विशिष्ट अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा साथै अतिथिको आसनमा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी र कृतिकारका दाजु नरेन्द्र भित्रकोटी रहनु भएको थियो । विमोचित कृतिका समीक्षक प्रखर राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा। डा। गोविन्द मानसिंह कार्कीले विमोचित कृतिका बारेमा व्याख्या र विश्लेषण गर्नु भएको थियो ।

विमोचित कृतिका कृतिकार सरस्वती भित्रकोटीले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिनु भएकोमा हामी र हाम्रो कृति समाजका सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

बधाई तथा शुभकामना सहित सुरु गर्नुभएको आफ्नो मन्तव्यमा संस्थाका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले गर्ने भावी कार्यक्रमको बारेमा अवगत गराउनुका साथै हाम्रो संस्थालाई विश्वास गर्नुहुने देशका जुनसुकै कुनामा रहनु भएका सर्जकहरूको कृति विमोचनको लागि यस संस्था सदैव तयार रहेको विश्वास दिलाउनु भएको थियो । त्यसैगरि प्रमुख अतिथि वियोगी बुढाथोकी र विशिष्ट अतिथि विजयध्वज थापाले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका निम्ति गरेको कार्यप्रति प्रशंसा गर्दै यसको निरन्तरताको कामना गर्नुभएको थियो ।

त्यसैगरी शुभकामना मन्तव्य दिनुहुनेहरूमा सुनिल अधिकारी र नरेन्द्र भित्रकोटीले कृतिकारलाई बधाई दिँदै हामी र हाम्रो कृति समाजले गरेको कार्यप्रति प्रशंसा गर्नुभएको थियो । लगभग ५५ जना उपस्थित साहित्यकारहरू मध्यबाट रचना वाचन गर्नुहुनेहरूमा मानन्धर अभागी, तिलक गाउँले, शशीश्री आचार्य, प्रमुना दाहाल, दल बहादुर नेपाली, निना श्रेष्ठ, मीना चौलागाईँ, नानु राना थापा, डिल्ली भुषाल, कृष्ण कुमार वैद्य, नम्रता उप्रेती, बद्री उप्रेती, गीता अर्याल, सुजन डोटेल, नारायण विश्वकर्मा, रामेश्वर के। सी। लब खड्का, रन बहादुर बुढाथोकी र उदयराज भण्डारीले विमोचित कृतिबाट र आफ्ना रचनाहरू वाचन गर्नु भएको थियो ।

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष कर्ण दयाल ुसोराडी’ले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा दुईमत नरहेको प्रष्ट पार्नुभयो । उक्त कृतिका कृतिकार सरस्वती भित्रकोटीलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal