हामी र हाम्रो कृति समाजको २३औँ कृति ‘प्रेमपत्र’ लोकार्पण
काठमाडौं । हामी र हाम्रो कृति समाजको २३औँ कृति सरस्वती भित्रकोटीको मुक्तकसङ्ग्रह ुप्रेमपत्र’ लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौँबाट हिजो शनिबार लोकार्पण कार्यक्रम सम्पन भयो ।
दीपोज्वलन साथै राष्ट्रिय गान सहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन संगीता खरेलले अत्यन्त उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य हामी र हाम्रो कृति समाजका संस्थापक सचिव बद्री उप्रेतीले दिनुभएको थियो । हामी र हाम्रो कृति समाजका आजीवन सदस्य कर्ण दयाल ुसोराडी’ को अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनमा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ साहित्यकार एवम् मुक्तककार वियोगी बुढाथोकी रहनु भएको थियो । त्यसैगरि विशिष्ट अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा साथै अतिथिको आसनमा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी र कृतिकारका दाजु नरेन्द्र भित्रकोटी रहनु भएको थियो । विमोचित कृतिका समीक्षक प्रखर राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा। डा। गोविन्द मानसिंह कार्कीले विमोचित कृतिका बारेमा व्याख्या र विश्लेषण गर्नु भएको थियो ।
विमोचित कृतिका कृतिकार सरस्वती भित्रकोटीले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिनु भएकोमा हामी र हाम्रो कृति समाजका सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
बधाई तथा शुभकामना सहित सुरु गर्नुभएको आफ्नो मन्तव्यमा संस्थाका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले गर्ने भावी कार्यक्रमको बारेमा अवगत गराउनुका साथै हाम्रो संस्थालाई विश्वास गर्नुहुने देशका जुनसुकै कुनामा रहनु भएका सर्जकहरूको कृति विमोचनको लागि यस संस्था सदैव तयार रहेको विश्वास दिलाउनु भएको थियो । त्यसैगरि प्रमुख अतिथि वियोगी बुढाथोकी र विशिष्ट अतिथि विजयध्वज थापाले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका निम्ति गरेको कार्यप्रति प्रशंसा गर्दै यसको निरन्तरताको कामना गर्नुभएको थियो ।
त्यसैगरी शुभकामना मन्तव्य दिनुहुनेहरूमा सुनिल अधिकारी र नरेन्द्र भित्रकोटीले कृतिकारलाई बधाई दिँदै हामी र हाम्रो कृति समाजले गरेको कार्यप्रति प्रशंसा गर्नुभएको थियो । लगभग ५५ जना उपस्थित साहित्यकारहरू मध्यबाट रचना वाचन गर्नुहुनेहरूमा मानन्धर अभागी, तिलक गाउँले, शशीश्री आचार्य, प्रमुना दाहाल, दल बहादुर नेपाली, निना श्रेष्ठ, मीना चौलागाईँ, नानु राना थापा, डिल्ली भुषाल, कृष्ण कुमार वैद्य, नम्रता उप्रेती, बद्री उप्रेती, गीता अर्याल, सुजन डोटेल, नारायण विश्वकर्मा, रामेश्वर के। सी। लब खड्का, रन बहादुर बुढाथोकी र उदयराज भण्डारीले विमोचित कृतिबाट र आफ्ना रचनाहरू वाचन गर्नु भएको थियो ।
अन्त्यमा कार्यक्रमका सभाध्यक्ष कर्ण दयाल ुसोराडी’ले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा दुईमत नरहेको प्रष्ट पार्नुभयो । उक्त कृतिका कृतिकार सरस्वती भित्रकोटीलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





