मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते, मंगलवार

काठमाडौं । मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ।

उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोप लगाइएको छ। प्रसाईंले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो आन्दोलन नरोकिने घोषणासहित मेची–महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए ।

तर अन्तरिम सरकारले प्रसाईंका कारण भड्किन सक्ने सम्भावित हिंसा र असुरक्षाको अवस्था आउन नदिन उनलाई नियन्त्रणमा लिएको हो । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।

प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौंंमा शक्ति प्रदर्शन गर्ने भनिएको थियो ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal