नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी

२०८२ मंसिर १ गते, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)बीच पार्टी एकता भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा आयोजित एकता घोषणा कार्यक्रममा नेताहरुले देश गम्भीर संकटमा गएको भन्दै क्रान्तिकारी कम्युनिस्टहरुबीच धुर्विकरण गरेर देशलाई निकास दिने उद्घोष गरेका छन् ।

लोक नारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अम्बिकाप्रसाद थैब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बीच पार्टी एकता भएको हो । एकता भएलगत्तै पार्टीका संयोजक लोकनारायण सुवेदीले ‘नेकपा’ नाममा प्रचण्डले बलमिच्याइँ गरेकोमा आपत्ति जनाए । ‘नेपाल कम्युनिस्ट पार्टी नामको दल यसअघि नै निर्वाचन आयोगमा दर्ता थियो, प्रचण्डले बलमिच्याईँ गरे अब हामी सर्वोच्च अदालत जान्छौं’ नेता सुवेदीले भने ।

उनले जेन्जी विद्रोहको बलमा बनेको सरकार जनताको पक्षमा नरहेको जिकिर गर्दै भने, “भारतीय टाउको र अमेरिकी हातखुट्टावाला वर्तमान सरकार देशको हितका लागि भन्दा विदेशीको सेवामा समर्पित भएको प्रष्ट छ ।”
“यस्तो विषम परिस्थितिमा पुष्पलालका वास्तविक अनुयायी हामीहरु एक भएकाछौं । यो समयको माग हो र सबै एक भएर देश र जनतालाई विदेशी हैकमबाट मुक्त गर्दै स्वाधीन राष्ट्र बनाउन प्रतिबद्ध रहेकाछौं,” सुवेदीले थपे ।
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) का अध्यक्ष अम्बिकाप्रसाद थैबले देशको वर्तमान राजनीतिक संकट र वर्गसंघर्षलाई मध्यनजर गरेर आजको आवश्यकता अनुसार एकता गरेको बताएका छन् ।

एकतापछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहेको संयोजक लोकनारायण सुबेदीले बताए । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद–माओविचारधारा राखिएको पनि पार्टीले जनाएको छ ।

वर्तमान संसदीय व्यवस्था र दलाल पुँजीवादी व्यवस्था राष्ट्रिय स्वाधीनताविरोधी हुनुका साथै जनविरोधी भएकोले सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुसँग एकता गरेर अगाडि बढ्ने संयोजक लोकनारायण सुवेदीले बताए ।
नेकपा सचिवालय सदस्य सरणविक्रम मल्लले नेपालका कम्युनिस्टहरु अबको समयमा एक नभए देश झन संकटमा जाने चिन्ता व्यक्त गरे ।

सो कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य दिनेश शर्मा, नेकपा माक्र्सवादी पुष्पलालका पिविएम अच्यूत ज्ञवाली, समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य माधव गौतम, नेकपा क्रान्तिकारी केन्द्र संयोजन मण्डलका सदस्य इन्दिरा अधिकारी, नेकपा सचिवालय सदस्य महादिप पोखरेल, एकता प्रक्रियामा समोल भएको नेकपा९माक्र्सवादी०का महासचिव युवराज कफ्ले, स्वतन्त्र व्यक्तित्व टंक पोखरेल र छविलाल घिमिरेगायतले एकताको अपरिहार्यतालाई आत्मसाथ गर्दै धुर्विकरणमा सामेल हुनुपर्ने सुझाए ।

121 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal