शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
काठमाडौं । पहिला देश (पिलुल्स रिभोल्यूसन) ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथिभरादेखि पश्चिम लिम्यिाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ । पहिला देशले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शुसिला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ ।
पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अबमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरुले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए ।
पहिला देशका प्रवक्ता डा.निकोलस भुसालले जेन्जी युवाहरुलाई गोलि हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरुलाई पक्रने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन् । बदलिदो परिस्थिति अनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजिनामा दिनुपर्ने भुसालले बताए ।
पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले शुसिला कार्की सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने आवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए ।
दाहालले देश निरन्तर राजनैतिक अक्रमन्यतातिर अभिमुख भएकोले पूर्व–पश्चिम यात्रा अभियान चलाएको जानकारी दिए । उनका अनुसार मंसिर ५ गते ताप्लेजुङबाट यात्रा सुरु गरेर पुष ५ गते पश्चिम लिम्पियाधुरासम्म पुग्ने जानकारी गराए ।
संकल्प यात्रा अभियानः
मंसिर ५ गते ताप्लेजुङ र पाँचथर,मंसिर ६ गते इलामा र झापा,७ गते मोरङ–सुनसरी,९ गते धनकुटा–भोजपुर, १० गते खोटाङ,११ गते ओखलढुङ्गा–सिन्धुली, १३ गते सप्तरी,सिराहा र धनुषा, १५ गते बारा,पर्षा र रौतहट, १६ गते मकवानपुर, चितवन र नवलपरासी, १८ गते रुपन्देही,कपिलबस्तु र दाङ,१९ गते प्युठान,रोल्पा र रुकुम,२१ गते सल्यान र जाजरकोट,२१ गते सुर्खेत र दैलेख,२३ जुम्ला र कालिकोट, २५ बजाङ र बाजुरा, २६ गते दार्चुला र बैतडी,२८ गते डडेलधुरा र कञ्चनपुर, ३० गते कैलाली र डोटी, पुष १ गते अछाम, ३ गते बाँके र बर्दिया, ४ गते लिम्पियाधुारा ।
त्यसैगरी काठमाडौं र वरिपरिका ७ जिल्लामा पुष ७ गतेदेखि १० गतेसम्म पहिला देश९पिलुल्स रिभोल्यूसन०ले अभियान चलाउने जानकारी दिएको छ । देश दौडाहा सकेपछि पुष १५ गते राजधानी काठमाडौंमा वृहत राष्ट्रिय भेला गर्ने अभियानले जनाएको छ ।
ताजा
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबार
रौतहटको कर्फ्युमा थप कडाइ
२०८२ फाल्गुन १० गते, आईतवार
साहित्यकार प्रा.डा.यादव प्रकाश लामिछानेका चारओटा कृति लोकार्पण तथा परिचर्चा
२०८२ फाल्गुन १० गते, आईतवार
पूर्वराजाको अस्त्रले मुलुकमा तरंग
२०८२ फाल्गुन १० गते, आईतवार
मानसिक शान्तिको लागि मानिसहरू घुमफिर
२०८२ फाल्गुन १० गते, आईतवार
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल
२०८२ फाल्गुन ८ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





