पूर्वराजाको अस्त्रले मुलुकमा तरंग
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एउटा भिडियो वक्तव्य जारी गर्नु भएको छ । फागुन ६ अर्थात बुधबार जारी भिडियोमा उहाँले राष्ट्र, राष्ट्रियताको कुरालाई अघि सार्नु भएको छ । उहाँले यही फागुन २१ गते हुने भनिएको निर्वाचनले खासै निकास दिन नसक्ने धारणा उहाँले राख्नु भएको छ । उहाँले देशको समस्याहरुका विषय सबैले बसेर छलफल गरी समाधान खोजिनु पर्ने धारणा पनि राख्नु भएको छ । उहाँले आगामी निर्वाचनबाट पनि आउने परिणाम अहिलेकै जस्तो हुने अवस्थालाई ख्याल गरी निर्वाचन रोकिनु पर्ने धारणा राख्नु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले आफ्नो देशको समस्या आफूहरुबाटै खोजिनुपर्ने कुरा पनि आफ्नो सन्देशमा दिनु भएको छ । उहाँले २००७ सालमा नेपालमा आएको प्रजातन्त्रको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवसको रुपमा मनाइँदै आएको भनी पूर्वसन्ध्यामा आफ्नो वक्तव्य जारी गर्नु भएको हो ।
यो वक्तव्यलाई लिएर विभिन्न खाले प्रतिक्रिया आउन थालेका छन् । विभिन्न राजनीतिक दलहरुले निर्वाचनमा मुलुक होमिइसकेको अवस्थामा निर्वाचन रोक्न नसकिने धारणा राखेका छन् । राजाको यो धारणा निर्वाचन प्रक्रिया अघि आएको भए यस विषयमा सोच्न सकिने अवस्था रहने भन्नेमा उनीहरु पुगेका छन् ।
राजाले देशको माटो सुहाउँदो व्यवस्थाको कुरा उठाएकोलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । राजाले यो कुरा नेपाली जनताको चाहना अनुसारको राज्यव्यवस्था हुनुपर्ने भन्ने मनसाय राखेको देखिएको छ । राजाको चाहना भने राजादेखि रंकसम्मलाई समेटेर नेपालको लागि सुहाउँदो राज्यव्यवस्थाको कुरालाई समेट्नु भन्ने रहेको पनि बुझिएको छ ।
राजाको यो अश्त्र केही दिनअघि झापाबाट काठमाडौं फर्किंदा राजाको स्वागतका लागि नेपालीजन काठमाडौंमा उत्रिएबाट राजा उत्साहित बन्नाले आएको बुझिएको छ । उक्त दिन त्रिभूवन विमानस्थलदेखि महाराजगञ्जसम्म राजालाई स्वागत गर्न मानिसहरुको भीड लागेको थियो ।
त्यसो त गणतन्त्र राजासँगको गरिएको सम्झौताविपरित रुपमा ल्याइएको भन्नेमा राजा ज्ञानेन्द्रको बुझाइ रहेको बताइएको छ । यसअघि गणतन्त्रभन्दा पनि राजतन्त्रलाई संवैधानिक राजतन्त्रको रुपमा राखी राजसंस्था नफ्याल्ने सम्झौताविपरित दलहरु गएको भनी राजाको गुनासो रहँदै आएको बताइन्छ ।
गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेन–जी) को आन्दोलनपछि नयाँ सरकार बन्ने समयमा पनि राजतन्त्रलाई फर्काइने हल्ला चलेको थियो । त्यो बेला राजा ज्ञानेन्द्रले उक्त आन्दोलनमा गोली लागी शहादतप्राप्त व्यक्तिहरुको दोष आफूमाथि आउने भनी राजाको रुपमा राज्यरोहण गर्न नमाने पनि चर्चा चलेको थियो । त्यही बेला नै यो घोषित निर्वाचनको समयभन्दा अघि नै राजालाई स्थापित गरिने भन्ने चर्चा पनि चलेको थियो ।
कतिपयले राजाको यो वक्तव्य सोही बेलाको कुरासँग मेल गरी हेर्ने गरेको पनि पाइएको छ । यस्तो हुनुमा निर्वाचनले निकास दिने सम्भावना कमै रहने भन्ने कुरा पनि हो । आगामी निर्वाचनले पनि समानुपातिक व्यवस्थाका कारण कुनै पनि दलको स्पष्ट बहुमत नआउने संभावना रहेको भनी बुद्धिजीवीहरुले भन्दै आएका छन् ।
सोही कुरालाई राजाले पनि मनन गरी आफ्नो अभिव्यक्ति ल्याएको भन्नेहरु पनि छन् ।
उता, निर्वाचनको माहौल गरमागरम बनिरहेको छ । अघिल्ला निर्वाचनहरुमा प्रमुख प्रतिस्पर्धी दलका रुपमा रहँदै आएका नेपाली कांग्रेस र नेकपा (एमाले) अहिले आफ्नो पुरानो साखलाई जोगाउन लागि परेका छन् । सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नो दलमा नयाँ नेतृत्व (गगन कुमार थापा) ल्याई चुनावमा आफ्ना अजेण्डासहित प्रस्तुत भएको छ ।
यसैगरी दोस्रो ठूलो दल एमाले पनि आफ्नो पुरानो हैसियतलाई जोगाउन लागि परेको छ । एमालेका लागि अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका कारण अन्य दलसँग प्रतिस्पर्धा गर्न अप्ठ्यारो परिरहेको बताइने गरेको छ । यसो हुनुमा गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्मलाई एमालेले बुझ्न नसकेको भन्ने छ । यसैगरी नयाँपुस्ताका मानिसहरुले २३ र २४ गतेको विध्वंश हुनुमा ओली नै मुख्य जिम्मेवार रहेको भनी प्रचार गर्ने गरेका छन् ।
यस्तो अवस्थामा रहेका कांग्रेस उत्साहपूर्वक सक्रिय देखिएको छ भने एमाले आफूलाई जोगाउनका लागि विभिन्न प्रयास गरिरहेको बताइन्छ ।
उता, यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई नयाँ शक्तिको रुपमा स्थापित गर्ने मनसायमा रहेको देखिन्छ । रास्वपाले बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । विभिन्न ठाउँहरुमा बालेन पुग्दा देखिएको भिडका आधारमा रास्वपाले आफूलाई धेरै अघि बढेको अवस्थामा बुझ्ने गरेको बताइएको छ ।
भिडकै आधारमा रास्वपाका नेता तथा उम्मेदवारहरुले अन्य दल तथा उम्मेदवारहरुलाई गन्न छोडेको पनि बताइएको छ । ‘रास्वपामा अहंकार देखिएको छ । यो दलमा आवद्धहरुले अरुलाई गन्न छाडेका छन् । नराम्रो सबै काम तथा कर्म जति पुरानै दलको भन्ने भाष्य स्थापित गर्ने कार्यमा रास्वपा तल्लीन रहेको छ ।’ भन्ने धारणा अधिवक्ता चन्द्रप्रसाद लुइँटेलको छ । उहाँ भन्नु हुन्छ, ‘अरुलाई पुरानो दल भन्ने रास्वपा पनि पुरानो दल हो । यसअघिको आमनिर्वाचनमा भाग लिई सरकारमा समेत गैसकेको रास्वपाले आफूलाई नयाँ भन्दै हिंड्नु नै गलत छ ।’
त्यसो त रास्वपाका नेताहरुमा अहंकार बढेको चर्चा छ । विभिन्न स्थानमा मत माग्न जाने क्रममा मतदाताले कुनै कुरा उठाउँदा उम्मेदवारहरु समेत आक्रोशित हुने गरेको देखिएको छ । आफ्नो दलको अजेण्डा लिएर मतदाता समक्ष पुग्नुपर्नेमा उम्मेदवारहरु नै अरु दलका समर्थकहरुलाई ‘हनुमान’ भनी भन्न थालेको अवस्था छ ।
यसरी कांग्रेस र एमाले आफ्नो साखलाई जोगाउने कर्ममा लागेका छन् । उता, रास्वपा भने भिडलाई हेरेर आफूलाई अहंकारीको रुपमा प्रस्तुत गर्दै गएको भनी टिप्पणी हुन थालेको छ ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





