जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकलाई जेनजी चोक घोषणा गर्न आइतबार गरिएको कार्यक्रममा प्रहरी हस्तक्षप भएको छ । कार्यक्रममा सहभागीहरुमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको आयोजकले जनाएको छ । पक्राउ पर्नेमा आयोजक जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि)का प्रवक्ता अविन लिम्वू, अरिश तिवारी र सुनील सिंह रहेको जनाइएको छ ।

कोटेश्वर तीनकुने क्षेत्रको चोकलाई जेन्जी चोक घोषणा गर्न कार्यक्रम आयोजना गरिएको थियो । जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) ले सार्वजनिक कार्यक्रम गरी चोकको नाम जेन्जी चोक घोषणा गर्ने कार्यक्रम रहेको थियो । तर प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै राख्न खोजिएको साइनबोर्ड पनि हटाइदिएको छ ।

रगत बग्यो देशका लागि, अव रक्षा हाम्रो जिम्मेबारी भन्ने नाराका साथ चोक घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो । घोषणासँंगै चोकमा एउटा साइनबोर्ड पनि ठड्याइएको थियो । साइनबोर्ड तीनकुने जस्तै त्रिकोणात्मक आकारमा छ । त्यसमा सवैभन्दा माथि नेपालको झण्डा राखिएको छ । त्यसको मुनि जेन्जी चोक (तीनकुने) लेखिएको छ । त्यसको मुनि जेन्जी आन्दोलनको क्रममा घाइते आन्दोनकारीको रगताम्य जुता (जुन आन्दोलनको क्रममा भाइरल भएको थियो) को फोटो रहेको छ । त्यसको मुनि रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेबारी लेखिएको छ । त्यसको मुनि भने सानो साइजमा जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) भनेर लेखिएको छ । साथै एउटा चोक घोषणा गर्ने आयोजकमध्येको एकजनाको मोवाइल नम्वर पनि लेखिएको छ ।

साइनबोर्ड हाल भने छैन । कार्यक्रमस्थलमा नेपाल प्रहरी आएर त्यो बोर्ड र प्रवक्ता अविन लिम्वूलगायतलाई पक्राउ गरी लेगेको थियो । कार्यक्रमका लागि प्रशाशनबाट अनुमति प्राप्त गरेको कार्यक्रम आयोजक संस्थाका सल्लाहकार डा हरिबहादुर कार्कीले बताए । पत्र देखाउँंदै उनले भने, अनुमति लिएर कार्यक्रम गर्दा पनि प्रहरीले हस्तक्षेप गरयो ।

तर कार्यक्रम दीप प्रज्ज्वलन गर्न मात्रै अनुमति लिएको भन्दै प्रहरीले कार्यक्रममा सहभागी नेताहरुलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रक्राउ गरेको प्रहरीले जनाएको छ । कार्यक्रमको क्रममा दीप प्रज्ज्वल भने गरिएको थियो ।

जेन्जी आन्दोलनबाट प्राप्त उपलव्धीहरुको रक्षा गर्दै उनीहरुको मागलाई निरन्तर सम्झाइराख्न सम्झनास्वरुप जेन्जी चोक घोषणा गरेको कार्यक्रममा बताइयो । जेन्जीहरुको मागहरुलाई निरन्तर झक्झकाइरहन सकोस् सवैले भनेर हामीले यो घोषणा गरेका हौं, कार्यक्रममा आयोजकहरुले भने । दर्जनौं शहीद जेन्जीहरुको माग पूरा गराउनु नै चोक घोषणाको मुख्य कारण रहेको उनीहरुको भनाई थियो । शहीदहरुको रगतको मूल्य चुकाउन उनीहरुले राखेको मागहरुलाई पूरा गराउनु हामी सवैको कर्तव्य भएको पनि उनीहरुले बताए ।

जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) धेरै जेन्जी समूहहरुमध्ये एउटा जेन्जी समूह हो । यसका विभिन्न जेन्जी युवाहरु समावेश छन् । यो समूहले पनि जेन्जीहरुको मागलाई पूरा गराउन आफनै हिसावले कार्यक्रमहरु चलाइरहेको छ ।

जेन्जी चोक घोषणाको क्रममा जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जलिस्वरुप दीप प्रज्ज्वल पनि गरिएको थियो । जेन्जीका शहीद परिवार, घाइते सदस्य, जेन्जी नेताहरु र अभियन्ताहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको क्रममा राष्टिय समिति पनि घोषणा गरिएको थियो । जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) को आधिकारिक कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको छ ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal