गगनले मागे प्रधानमन्त्रीको राजीनामा

२०८२ भाद्र २४ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जालमा थापाले यो परिस्थितिमा नेपाली कांग्रेस सरकारमा बसिरहनु उचित नभएको भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्। थापाले हालैको दमनका कारण आफू र सिङ्गो नेपाल नै रातभर सुत्न नसकेको बताएका छन् । उनले ुअबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्यु आफ्नो आँखा अगाडि घुमिरहेको उल्लेख गरेका छन्।

उनले कांग्रेस अब एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारको रूपमा रहन नसक्ने बताएका छन्। उनले पार्टीको बैठकबाट सरकारबाट फिर्ता हुने निर्णय गराउन आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिङ्गो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ।

अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal