गीत संगीत मार्फत जनचेतना फैलाउने लक्ष राख्छन् कलाकार- कृष्ण दाेङ तामाङ
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ८ मानेस्वाँरा घुमाङकोटमा १ भदौ २०४४ मा बुबा मुना दोङ तामाङ र आमा कृष्ण कुमारी थिङकाे काेखमा जन्मेका हुन् कृष्ण दाेङ तामाङ ।
कला, गीत, संगीत कसलाई पाे मन पर्दैन र ? मनाेरन्जन सबैलाई चाहिन्छ र सबैलाई मनपर्छ नै । मनपर्नु र कला क्षेत्रमै लागेर आफूले जानेका सिकेका आफूसँग भएका प्रतिभाहरु अरु सामु देखाउनुमा फरक पाटाे छ । प्रतिभाले जाे काेही समाज र देश दुनियाँमा चिनाउछ नै । कला र प्रतिभाले कलाकारलाई चिनाउने मात्रै नभई आफ्नाे देशकाे संस्कार, संस्कृति, कला, भाषा, भेषभुसाकाे संरक्षण र जगेर्ना गरेकाे हुन्छ । आफ्नो कला, भाषा, भेषभुसा, संस्कार र संस्कृतिको जगेर्ना गर्ने इच्छा सबैको हुन्छ नै । यही बाटाे लाग्ने प्रण गर्छन् कृष्ण दाेङ तामाङ ।

शुरुमा आफ्नै इच्छा र चाहनाले कला क्षेत्रमा लागेकाे र पछिलो समय बिबाह पश्चात् श्रीमतीको साथ सहयोग र प्रेरणाले यस क्षेत्रमा लाग्न बल मिलेकाे बताउँछन् कृष्ण दाेङ तामाङ ।
कला, गीत, संगीत र अभिनय भनेकाे संस्कार, संस्कृति जगेर्ना र उद्दार साथै ऎतिहासिक परिचय र मानव जीवनको जन्मदेखि मृत्युसम्मलाई एउटा औषधि (medicine) काे रुपमा काम गर्ने चीज बताउँछन् कलाकार कृष्ण दाेङ तामाङ ।
कलालाई क्षेत्रलाई पहिले नृत्यबाट सुरु गरेका कृष्णले नृत्य पश्चात् नाटकहरु गर्दै चलचित्र निर्देशन र त्यसपछि गीत संगीतमा लागेका हुन् कलाकार कृष्ण दाेङ । कला, गीत, संगीत र अभिनय क्षेत्रमा लाग्नेहरुकाे जीविका निर्वाह सम्बन्धित क्षेत्रबाटै भएको हाेला त ?
भनी साेध्दा केही कलाकारको होला तर धेरैको छैन् किनकी नेपालमा बजार छैन् धेरैले आफ्नो छुट्टै व्यवसाय गरेर जिविका चलाईरहेकाे पाईएकाे बताउँछन् कृष्ण दाेङ । यहाँको विचारमा कला, गीत, संगीत र अभिनय क्षेत्रलाई राज्यपक्षबाट के कस्तो सहयोग भईरहेकाे छ र के हुनुपर्थ्याे जस्ताे लाग्छ ? भन्ने हाम्रो अर्काे प्रश्नमा “राज्यबाट त्यस्तो सहयोग खासै केही भएको जस्तो लाग्दैन, भए संघको माथिल्लो टाउकेहरुलाई होला तल्लो लेवलमा देख्दिन, हेरे देखिन सरकारले तमाम कलकारहरुको लागि आवश्यक अनुसार नीतिनियम बनाएर सुविधाहरु सहयोग गर्नुपर्छ ।” भन्ने जवाफ दिन्छन् कलाकार दाेङ ।

कलाकार कृष्ण दाेङ तामाङकाे हालसम्म आफ्नै शब्द, संगीत र स्वरमा: मुलबासिको ल्होछार पर्व, कालो चस्माले, भेटैमा भयो मैच्याङलाई, शनिबारमा डेटिङ बसौला, हाम्रो त मान्छे, पूर्वनी बिउँझ्यो पश्चिमनि बिउँझ्याे, उठौ हिमाल पाहाडबाटा, जुटेर ल्याउनु छ हाम्रो अस्तित्व, बैँस चढेछ, मौसम नै यस्तै छ गर्मी बढेछ, ए बाबा ए आमा, होईनौ है हामी जनजाति, अब बेलैमा सोचौं है गाउँले, हामी डराउँदैनौं, नेपाल भरिको जिल्लामा, कलम हो हतियार र वलिहाङ्ग पर्व जै मंगोल लगायत डेड दर्जन गीतहरु बजारमा आईसकेका छन् ।
आफ्नाे भावी लक्ष्य सुन्दर बुद्ध भूमि देशलाई साँच्चै जिउँदो बुद्ध भएको महशुस हुने शान्ति पूर्ण सुन्दरता र बिकासले हराभरा यो देशको नागरिक कतै बिचलित नहुने हर चिजकाे सुख सुविधा युक्त देश परिवर्तन गर्ने लक्ष्यमा एउटा राजनीतिक संगठनमा आवद्ध भएकोले र नयाँ नयाँ गीत संगीत मार्फत अझै जनतालाई सुझाव चेतना जगाउने बताउँछन् कृष्ण दाेङ तामाङ । कला, गीत, संगीत र अभिनय क्षेत्रमा अब आउन चाहनेहरुलाई “आफू भित्रको “म” लाई चिन्नुस अनि संघर्ष गर्नुहोस बिज्ञानले अस्तव्यस्त भई दुनियाँ फड्को मारिसक्यो तर हामीले हाम्रो अर्गानिक कला अभिनय गीत संगीतलाई बिर्सनु हुन्न यी सबै चिजलाई अंगाल्नु पर्छ, सिक्नुस सिकेर आउनुस ।” सुझाव दिन्छन् कृष्ण दाेङ तामाङ ।
One thought on “गीत संगीत मार्फत जनचेतना फैलाउने लक्ष राख्छन् कलाकार- कृष्ण दाेङ तामाङ”
Leave a Reply
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






Well done mr dong