गीत संगीत मार्फत जनचेतना फैलाउने लक्ष राख्छन् कलाकार- कृष्ण दाेङ तामाङ

२०८२ श्रावण ३० गते, शुक्रबार

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ८ मानेस्वाँरा घुमाङकोटमा १ भदौ २०४४ मा बुबा मुना दोङ तामाङ र आमा कृष्ण कुमारी थिङकाे काेखमा जन्मेका हुन् कृष्ण दाेङ तामाङ ।
कला, गीत, संगीत कसलाई पाे मन पर्दैन र ? मनाेरन्जन सबैलाई चाहिन्छ र सबैलाई मनपर्छ नै । मनपर्नु र कला क्षेत्रमै लागेर आफूले जानेका सिकेका आफूसँग भएका प्रतिभाहरु अरु सामु देखाउनुमा फरक पाटाे छ । प्रतिभाले जाे काेही समाज र देश दुनियाँमा चिनाउछ नै । कला र प्रतिभाले कलाकारलाई चिनाउने मात्रै नभई आफ्नाे देशकाे संस्कार, संस्कृति, कला, भाषा, भेषभुसाकाे संरक्षण र जगेर्ना गरेकाे हुन्छ । आफ्नो कला, भाषा, भेषभुसा, संस्कार र संस्कृतिको जगेर्ना गर्ने इच्छा सबैको हुन्छ नै । यही बाटाे लाग्ने प्रण गर्छन् कृष्ण दाेङ तामाङ ।


शुरुमा आफ्नै इच्छा र चाहनाले कला क्षेत्रमा लागेकाे र पछिलो समय बिबाह पश्चात् श्रीमतीको साथ सहयोग र प्रेरणाले यस क्षेत्रमा लाग्न बल मिलेकाे बताउँछन् कृष्ण दाेङ तामाङ ।
कला, गीत, संगीत र अभिनय भनेकाे संस्कार, संस्कृति जगेर्ना र उद्दार साथै ऎतिहासिक परिचय र मानव जीवनको जन्मदेखि मृत्युसम्मलाई एउटा औषधि (medicine) काे रुपमा काम गर्ने चीज बताउँछन् कलाकार कृष्ण दाेङ तामाङ ।

कलालाई क्षेत्रलाई पहिले नृत्यबाट सुरु गरेका कृष्णले नृत्य पश्चात् नाटकहरु गर्दै चलचित्र निर्देशन र त्यसपछि गीत संगीतमा लागेका हुन् कलाकार कृष्ण दाेङ । कला, गीत, संगीत र अभिनय क्षेत्रमा लाग्नेहरुकाे जीविका निर्वाह सम्बन्धित क्षेत्रबाटै भएको हाेला त ?
भनी साेध्दा केही कलाकारको होला तर धेरैको छैन् किनकी नेपालमा बजार छैन् धेरैले आफ्नो छुट्टै व्यवसाय गरेर जिविका चलाईरहेकाे पाईएकाे बताउँछन् कृष्ण दाेङ । यहाँको विचारमा कला, गीत, संगीत र अभिनय क्षेत्रलाई राज्यपक्षबाट के कस्तो सहयोग भईरहेकाे छ र के हुनुपर्थ्याे जस्ताे लाग्छ ? भन्ने हाम्रो अर्काे प्रश्नमा “राज्यबाट त्यस्तो सहयोग खासै केही भएको जस्तो लाग्दैन, भए संघको माथिल्लो टाउकेहरुलाई होला तल्लो लेवलमा देख्दिन, हेरे देखिन सरकारले तमाम कलकारहरुको लागि आवश्यक अनुसार नीतिनियम बनाएर सुविधाहरु सहयोग गर्नुपर्छ ।” भन्ने जवाफ दिन्छन् कलाकार दाेङ ।


कलाकार कृष्ण दाेङ तामाङकाे हालसम्म आफ्नै शब्द, संगीत र स्वरमा: मुलबासिको ल्होछार पर्व, कालो चस्माले, भेटैमा भयो मैच्याङलाई, शनिबारमा डेटिङ बसौला, हाम्रो त मान्छे, पूर्वनी बिउँझ्यो पश्चिमनि बिउँझ्याे, उठौ हिमाल पाहाडबाटा, जुटेर ल्याउनु छ हाम्रो अस्तित्व, बैँस चढेछ, मौसम नै यस्तै छ गर्मी बढेछ, ए बाबा ए आमा, होईनौ है हामी जनजाति, अब बेलैमा सोचौं है गाउँले, हामी डराउँदैनौं, नेपाल भरिको जिल्लामा, कलम हो हतियार र वलिहाङ्ग पर्व जै मंगोल लगायत डेड दर्जन गीतहरु बजारमा आईसकेका छन् ।

आफ्नाे भावी लक्ष्य सुन्दर बुद्ध भूमि देशलाई साँच्चै जिउँदो बुद्ध भएको महशुस हुने शान्ति पूर्ण सुन्दरता र बिकासले हराभरा यो देशको नागरिक कतै बिचलित नहुने हर चिजकाे सुख सुविधा युक्त देश परिवर्तन गर्ने लक्ष्यमा एउटा राजनीतिक संगठनमा आवद्ध भएकोले र नयाँ नयाँ गीत संगीत मार्फत अझै जनतालाई सुझाव चेतना जगाउने बताउँछन् कृष्ण दाेङ तामाङ । कला, गीत, संगीत र अभिनय क्षेत्रमा अब आउन चाहनेहरुलाई “आफू भित्रको “म” लाई चिन्नुस अनि संघर्ष गर्नुहोस बिज्ञानले अस्तव्यस्त भई दुनियाँ फड्को मारिसक्यो तर हामीले हाम्रो अर्गानिक कला अभिनय गीत संगीतलाई बिर्सनु हुन्न यी सबै चिजलाई अंगाल्नु पर्छ, सिक्नुस सिकेर आउनुस ।” सुझाव दिन्छन् कृष्ण दाेङ तामाङ ।

251 Views

One thought on “गीत संगीत मार्फत जनचेतना फैलाउने लक्ष राख्छन् कलाकार- कृष्ण दाेङ तामाङ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal