“हामी र हाम्रो कृति समाज” र “लीलाध्वज थापा साहित्य प्रतिष्ठान”को स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न

२०८२ श्रावण १७ गते, शनिबार

काठमाडौं । “हामी र हाम्रो कृति समाज” र “लीलाध्वज थापा साहित्य प्रतिष्ठान”को सहकार्यमा आयोजित स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम, लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौंमा आज (शनिबार) सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथिको आशनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा र विशिष्ट अतिथिको आसनमा वरिष्ठ राजनीतिक विश्लेषक, समालोचक तथा साहित्यकार प्रा.डा. गोविन्द मानसिंह कार्कीज्यू रहनु भएको थियो । संस्थाको उपाध्यक्ष नम्रता उप्रेतीले मञ्चासीन व्यक्तित्वहरूलाई रूदाक्षको माला लगाएर सम्मान गर्नुभएको थियो ।

हामी र हाम्रो कृति समाजका संस्थापक सदस्य सुभद्रा अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित हुनु भएका समाजका प्रतिष्ठित व्यक्तित्व र साहित्यमा रुची राख्नुहुने सम्पूर्णलाई स्वागत गर्दै संस्थाकै अर्का संस्थापक सदस्य पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । करिब तीन घन्टा चलेको उक्त कार्यक्रममा प्रमुख अतिथि विजयध्वज थापा र विशिष्ट अतिथि गोविन्द मानसिंह कार्कीले आफ्ना रचना सुनाउनुका साथै संस्थाले अहिलेसम्म गरेका साहित्यिक गतिविधिहरू प्रशंसा गर्न लाएकका छन् भनेर प्रकाश पार्नुभएको थियो । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा प्रकाश पार्दै उपस्थित भएर संस्थाको गरिमा बढाई दिनु भएकोमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।

हातेमालो साहित्य संगमका अध्यक्ष एवम् मुक्तक अभियन्ता सुनिल अधिकारी, मुक्तकालय नेपालका अध्यक्ष निलाञ्जला भारद्वाज, इन्द्रेणी महिला साहित्यिक मञ्च, झापाका अध्यक्ष मीरा काफ्ले पोखरेल लगायत करिब ५० जना साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नम्रता उप्रेती, दुर्गा अधिकारी भमरकोटे, महेश प्रसाद रिमाल, विजयध्वज थापा, सुशील आचार्य, प्रकाश बस्नेत ’गफाडी’, सुशान्त के. सी., सुन्दर खड्का, कर्ण दयाल ’सोराडी’ मीरा काफ्ले पोखरेल, सुनिल अधिकारी, निलाञ्जला भारद्वाज, दुर्गा किरण तिवारी, बद्री उप्रेती, मीना चौलागाईं, नानु राना थापा, कल्पना मरासिनी, निरा श्रेष्ठ, राजेशराज गड्तौला, सुमन धमला, राम प्रसाद पुरी, संगीता खरेल, अरूण खड्का, तिलक ’गाउँले’, मन भुजेल, भक्ति नाकायण महर्जन, रण बहादुर बुढाथोकी, रष्मि रिमाल, पूर्ण बहादुर श्रेष्ठ ’हृदयङ्कृत’, सुभद्रा अधिकारी लगायतले आआफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

अन्त्यमा, कार्यक्रमका सभाध्यक्ष गोविन्दराज पौडेलले आफ्नो रचना वाचन गर्नुका साथै कार्यक्रममा अन्तिम समयसम्म बसेर कार्यक्रमलाई सफल बनाइ दिनुभएकोमा उपस्थित सम्पूर्ण साहित्यानुरागी मनहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal