दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ।
रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै सत्ताको उन्मादमा लोकतान्त्रिक दलमाथि गरिने यस्ता ‘दादागिरी प्रवृत्ति’ को घोर भत्सर्ना गरेका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा कुनै पनि विरोधका कार्यक्रम नगरी दमक–४ स्थित क्याम्पस मोड अगाडि रास्वपा दमक नगर समितिको आयोजनामा नगर सभापति तिर्थप्रसाद लामिछानेको नेतृत्वमा करिब १० जनाको उपस्थितिमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जनताको हस्ताक्षर संकलन गरिरहेका बेला घटना भएको थियो।
सोही क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक राईले आएर माइक खोसेर तोडफोड गरेका थिए। उनको ‘दादागिरी र गुन्डागर्दी’ शैलीमा माइक फुटाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसको धेरैले आलोचना गरेका छन्।
कार्यवाहक सभापति पाठकले स्थानीय प्रहरीलाई जानकारी गराएरै दमक नगरमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा प्रहरीले गरेको दमनपूर्ण हस्तक्षेपले लोकतन्त्रको धज्जी उडाएको बताएका छन्। उनले चालु रहेको माइक खोसेर भाँचिदिनुलाई ‘सरकारमा रहेका मानिसले सरकारी संयन्त्रको प्रयोगबाट गरिएको दादागिरी र हस्ताक्षर अभियानबाट डराएको’ भन्दै प्रश्न गरेका छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





