भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा 

२०८२ असार ३० गते, सोमबार

काठमाडौ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।

बिश्व शान्ति तथा एकिकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाबिधालय संघको सयुक्त्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार धोषणा गरिएको छ । साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार ससंघका दक्षिण एसियाका निर्देशक कृष्ण बहादुर अधिकारी सेवकले घोषणा उक्त पुरस्कारको घोषणा गरेको हुन् । गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । अधिकारीले नेपाल मात्र नभइ  दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।

 

संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।

 

 

अधिकारीले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए । गीतकार अधिकारीले बिश्व शान्तिका अभियान्ता डा।सन म्याङ्ग मुन र डा।हाक जा हान मुनको प्रेरणाा बाटै आपूले साहित्य मार्फत शान्ति स्थापना गर्न सकियो भनेर शान्ति साहित्यक सभाको घोष्णा गरेको जानकारी दिए ।

 

कार्यक्रमको प्रमुख आतिथ्यता  भिम उप्रेतिले गर्नुभएको थियो । कबिता बाचन कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला, कृष्ण बाउँसm, भोज कुमार धमला ,गंगा खतिवडा, दिप डाँगी, रिता खतिवडा, सुभाष सिह पराजुली लगायतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गरेका थिए । कबिता बाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए । कवि रुपसिह भण्डारीले सञ्चालन गरेको कार्यक्रमका स्वागत मन्तव्य एच बि खत्रीले दिनु भएको उक्त कार्यक्रममा समाजसेवी विनोद डांगीले धन्यावाद दिनुभएको छ ।

प्रस्तुतिः बिष्णु निश्चल

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal