‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

काठमाडौं । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ । सांस्कृतिक परिवेश, परम्परा र भावनात्मक सम्बन्धलाई समेट्दै चलचित्रले तामाङ समुदायको मौलिकता र युवा पुस्ताबीचको सम्बन्धलाई गहिरो रूपमा उजागर गर्ने प्रयास गरेको छ। यस चलचित्रलाई तामाङ चलचित्र उद्योगको प्रगतिको प्रतीकका रूपमा हेरिएको छ।

चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामा हुन् । नायक एंव निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका छन ।

निर्माताहरू लोसाङ लामा र इकेश लामा, सहनिर्देशक विश्वजंग माझी, द्वन्द्व निर्देशन राजु दोङ तामाङ र छायांकन प्रज्वल राउतले गरेका छन्। चलचित्र टिमका अनुसार प्राविधिक पक्षमा कुनै सम्झौता नगरिकन सशक्त रूपमा निर्माण गरिएको छ।चलचित्रको शीर्ष गीतमा बिछोड र बियोगको मार्मिक भावना व्यक्त गरिएको छ। उक्त गीतमा नायक हुत्त सञ्जय लामाको प्रभावशाली अभिनय दर्शकको विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

चलचित्रमा नायक हुत्त सञ्जय लामालाई नायिका सुनिता लुङ्बाले साथ दिएकी छन्। दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी लुङ्बाले यो चलचित्रलाई विशेष रुपमा आसा राखेको बताए ।
ूसबै चलचित्रमा मेहनत गरेकी छु, तर यो चलचित्र हेरेर म आफैं रोएँ, उनले भनिन्, किनभने यो चलचित्र साँच्चै नै उत्कृष्ट बनेको छ।

चलचित्रमा हुत्त सञ्जय लामा र सुनिता लुङ्बासँगै तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरुको अभिनय देख्न पाउनेछ ।काठमाडौं तथा वरपरका दर्शकहरूलाई चलचित्रको विशेष प्रदर्शनमा सहभागी भई साथ दिन आयोजकले हार्दिक आह्वान गरेका छन्। यस चलचित्रले तामाङ भाषिक चलचित्र उद्योगमा नयाँ सन्देश र उचाइ थप्ने विश्वास गरिएको छ।

120 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal