‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
काठमाडौं । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ । सांस्कृतिक परिवेश, परम्परा र भावनात्मक सम्बन्धलाई समेट्दै चलचित्रले तामाङ समुदायको मौलिकता र युवा पुस्ताबीचको सम्बन्धलाई गहिरो रूपमा उजागर गर्ने प्रयास गरेको छ। यस चलचित्रलाई तामाङ चलचित्र उद्योगको प्रगतिको प्रतीकका रूपमा हेरिएको छ।
चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामा हुन् । नायक एंव निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका छन ।
निर्माताहरू लोसाङ लामा र इकेश लामा, सहनिर्देशक विश्वजंग माझी, द्वन्द्व निर्देशन राजु दोङ तामाङ र छायांकन प्रज्वल राउतले गरेका छन्। चलचित्र टिमका अनुसार प्राविधिक पक्षमा कुनै सम्झौता नगरिकन सशक्त रूपमा निर्माण गरिएको छ।चलचित्रको शीर्ष गीतमा बिछोड र बियोगको मार्मिक भावना व्यक्त गरिएको छ। उक्त गीतमा नायक हुत्त सञ्जय लामाको प्रभावशाली अभिनय दर्शकको विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
चलचित्रमा नायक हुत्त सञ्जय लामालाई नायिका सुनिता लुङ्बाले साथ दिएकी छन्। दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी लुङ्बाले यो चलचित्रलाई विशेष रुपमा आसा राखेको बताए ।
ूसबै चलचित्रमा मेहनत गरेकी छु, तर यो चलचित्र हेरेर म आफैं रोएँ, उनले भनिन्, किनभने यो चलचित्र साँच्चै नै उत्कृष्ट बनेको छ।
चलचित्रमा हुत्त सञ्जय लामा र सुनिता लुङ्बासँगै तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरुको अभिनय देख्न पाउनेछ ।काठमाडौं तथा वरपरका दर्शकहरूलाई चलचित्रको विशेष प्रदर्शनमा सहभागी भई साथ दिन आयोजकले हार्दिक आह्वान गरेका छन्। यस चलचित्रले तामाङ भाषिक चलचित्र उद्योगमा नयाँ सन्देश र उचाइ थप्ने विश्वास गरिएको छ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





