पूर्वराष्ट्रपति भण्डारीद्वारा सबै सरकारी सेवासुविधा त्याग गर्ने घोषणा

२०८२ असार १६ गते, सोमबार

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पूर्वराष्ट्रपतिको हैसियतले दिएका सबै सेवासुविधा फिर्ता गर्ने भएकी घोषणा गरेकी छिन् ।

सक्रिय राजनीतिमा फर्कने सार्वजनिक घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले आगामी साउन १ देखि आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउँदै आएका सेवासुविधा फिर्ता गर्ने निकट स्रोतले जानकारी दिएको छ।

सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ। उनको इन्धन खर्च पनि सरकारले व्यहोर्दै आएको छ। उनले आगामी साउन १ देखि यी सबै सेवासुविधा फिर्ता गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।

पूर्वराष्ट्रपति भण्डारी बुढानीलकण्ठस्थित आफ्नै घरमा बस्छिन् भने उनको आफ्नै सवारी साधन प्रयोग गर्दै आएकी छन्। उनले घरभाडा र सवारी साधन नलिएको पनि स्रोतले जानकारी दिएको छ

गत असार १४ गते एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal