ट्रम्पद्वारा इरानलाई कडा चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै अमेरिकामाथि कुनै आक्रमण भएमा अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने बताएका छन्।
उनले इजरायलको इरानविरुद्धको हालैको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको दोहोर्याउँदै ट्रुथ सोसियलमा लेखेका छन्, ‘इरान र इजरायल बीच सम्झौता सम्भव छ, जसले यो रक्तपात रोक्न सक्छ।’
इजरायलले गत शुक्रबारदेखि इरानको आणविक र सैन्य अड्डाहरूमाथि ‘अपरेशन राइजिङ लायन’ मार्फत आक्रमण सुरु गरेको छ। इरानको सरकारी दाबीअनुसार, यस आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्।
जवाफी कारबाहीको रूपमा इरानले शनिबार राति इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ, जसमा इजरायलमा १३ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको पछिल्लो जानकारी छ। यी दुवै घटनामा जम्मा ९१ जनाको मृत्यु भएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायली आक्रमणमा अमेरिकी समर्थन रहेको दाबी गरेका छन्। इरानमाथि भएको आक्रमणमा अमेरिकाको कुनै सरोकार नभएको टिप्पणी गर्दै उनले यदि इरानले कारबाही गरे पूर्ण शक्ति प्रयोग हुने धम्की दिएका हुन्। उनले थपेका छन्, ‘हामी सजिलैसँग इरान र इजरायलबिच सम्झौता गराउन सक्छौं, र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौं।’
यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच शनिबार भएको फोन वार्तामा इजरायल–इरान द्वन्द्व अन्त्य गर्न र इरानको आणविक कार्यक्रमबारे वार्ता गर्नुपर्नेमा जोड दिइएको छ। पुटिनले तनाव कम गर्न इरानसँग वार्ताको प्रस्ताव राखेका छन्।
जर्मनी, फ्रान्स र बेलायतले इरानसँग तत्काल आणविक वार्ताको प्रस्ताव गरेका छन्। जर्मन विदेशमन्त्री अन्नालेना बेयरबकले तेहरानले वार्ता स्वीकार गरेमा द्वन्द्व कम गर्न सकिने आशा व्यक्त गरेकी छिन्। तर, इजरायलको आक्रमणका कारण ओमानमा हुने भनिएको वार्ता रद्द भएको छ। इजरायलले इरानको आणविक खतरा पूर्ण रूपमा हटाउन आफ्नो सैन्य अभियान जारी राख्ने स्पष्ट पारेको छ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





