इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा

२०८२ जेष्ठ ३० गते, शुक्रबार

एजेन्सी । इजरायली रक्षामन्त्री इजरायल केट्जले इरानमाथि आक्रमण गरेको घोषणा गरेका छन्। इजरायलले इरानमाथि आक्रमण गरेको र राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको थियो।

रक्षामन्त्री केट्जले इरानमाथि आक्रमण गरेसँगै इजरायलमा आपतकालीन अवस्था घोषणा गरेका छन्। उनले इरानबाट हुन सक्ने सम्भावित प्रतिशोधको तयारीका लागि देशमा आपतकालीन अवस्थाको घोषणा गरिएको बताए।

जेरुशलेममा बसोबास गर्ने स्थानीय बासिन्दाहरू साइरनको आवाजले राति ब्युँझिएका थिए। त्यसपछि उनीहरूका मोबाइलमा आपतकालीन सतर्कता सन्देश प्राप्त भएसँगै सुरक्षित स्थानमा कुदेका थिए।

इजरायली एक अधिकारीका अनुसार आक्रमण ‘इरानको आणविक कार्यक्रम र अन्य सैनिक लक्ष्यहरु’ मा केन्द्रित रहेको जनाइएको छ।

इजरायलको यो कदमले सम्पूर्ण क्षेत्रलाई नयाँ तथा गम्भीर द्वन्द्वतर्फ धकेलेको चेतावनी विज्ञहरूले दिएका छन्। इजरायली सैनिक अधिकारीका अनुसार यो आक्रमण इरानको आणविक कार्यक्रम र अन्य सैन्य ठेगानाहरूलाई लक्षित गरिएको भएपनि विश्वभर यसले अशान्ति सृजना गर्ने बताए।

यो हमला त्यस्तो समयमा गरिएको छ जसको केही घण्टा अघिमात्र अमेरिकी र इजरायली अधिकारीहरूले यस्तो आक्रमण हुनसक्ने चेतावनी दिएका थिए। यसले अमेरिकाको नेतृत्वमा इरानको आणविक कार्यक्रम सम्बन्धी विवादलाई कूटनीतिक तरिकाबाट समाधान गर्ने प्रयासमा बाधा पुर्याकने जनाइएको छ।

रक्षा मन्त्री केट्जले इजरायलमा आपतकालीन अवस्था घोषणा गरेका छन् र जनतालाई इरानबाट मिसाइल तथा ड्रोनद्वारा प्रतिशोध हुने सम्भावनाबारे सचेत गराएका छन्।

इजरायली सेनाका प्रवक्ताले इजरायलले इरानको आणविक कार्यक्रममाथि लक्षित गर्दै ‘पूर्वप्रतिकारात्मक, सटीक र संयुक्त हमला’ सुरु गरेको बताएका छन्।

इजरायली सेनाले जानकारी दिए अनुसार, पहिलो चरणको आक्रमणमा इरानका विभिन्न स्थानमा रहेका ‘आणविक लक्ष्यहरु’ मा दर्जनौं इजरायली लडाकु विमान सहभागी थिए। तर, थप आक्रमण हुने वा नहुनेबारे केही खुलाइएको छैन।

सेना प्रवक्ताले भने ‘आज इरान आणविक हतियार प्राप्त गर्न अति नजिक पुगेको छ। यदि यस्तो जनसंहारकारी हतियार इरानी शासनको हातमा पुग्यो भने, त्यो इजरायलको अस्तित्वकै लागि खतरनाक हुनेछ र विश्वकै लागि ठूलो चुनौती हुनेछ।’

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal