इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
एजेन्सी । इजरायली रक्षामन्त्री इजरायल केट्जले इरानमाथि आक्रमण गरेको घोषणा गरेका छन्। इजरायलले इरानमाथि आक्रमण गरेको र राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको थियो।
रक्षामन्त्री केट्जले इरानमाथि आक्रमण गरेसँगै इजरायलमा आपतकालीन अवस्था घोषणा गरेका छन्। उनले इरानबाट हुन सक्ने सम्भावित प्रतिशोधको तयारीका लागि देशमा आपतकालीन अवस्थाको घोषणा गरिएको बताए।
जेरुशलेममा बसोबास गर्ने स्थानीय बासिन्दाहरू साइरनको आवाजले राति ब्युँझिएका थिए। त्यसपछि उनीहरूका मोबाइलमा आपतकालीन सतर्कता सन्देश प्राप्त भएसँगै सुरक्षित स्थानमा कुदेका थिए।
इजरायली एक अधिकारीका अनुसार आक्रमण ‘इरानको आणविक कार्यक्रम र अन्य सैनिक लक्ष्यहरु’ मा केन्द्रित रहेको जनाइएको छ।
इजरायलको यो कदमले सम्पूर्ण क्षेत्रलाई नयाँ तथा गम्भीर द्वन्द्वतर्फ धकेलेको चेतावनी विज्ञहरूले दिएका छन्। इजरायली सैनिक अधिकारीका अनुसार यो आक्रमण इरानको आणविक कार्यक्रम र अन्य सैन्य ठेगानाहरूलाई लक्षित गरिएको भएपनि विश्वभर यसले अशान्ति सृजना गर्ने बताए।
यो हमला त्यस्तो समयमा गरिएको छ जसको केही घण्टा अघिमात्र अमेरिकी र इजरायली अधिकारीहरूले यस्तो आक्रमण हुनसक्ने चेतावनी दिएका थिए। यसले अमेरिकाको नेतृत्वमा इरानको आणविक कार्यक्रम सम्बन्धी विवादलाई कूटनीतिक तरिकाबाट समाधान गर्ने प्रयासमा बाधा पुर्याकने जनाइएको छ।
रक्षा मन्त्री केट्जले इजरायलमा आपतकालीन अवस्था घोषणा गरेका छन् र जनतालाई इरानबाट मिसाइल तथा ड्रोनद्वारा प्रतिशोध हुने सम्भावनाबारे सचेत गराएका छन्।
इजरायली सेनाका प्रवक्ताले इजरायलले इरानको आणविक कार्यक्रममाथि लक्षित गर्दै ‘पूर्वप्रतिकारात्मक, सटीक र संयुक्त हमला’ सुरु गरेको बताएका छन्।
इजरायली सेनाले जानकारी दिए अनुसार, पहिलो चरणको आक्रमणमा इरानका विभिन्न स्थानमा रहेका ‘आणविक लक्ष्यहरु’ मा दर्जनौं इजरायली लडाकु विमान सहभागी थिए। तर, थप आक्रमण हुने वा नहुनेबारे केही खुलाइएको छैन।
सेना प्रवक्ताले भने ‘आज इरान आणविक हतियार प्राप्त गर्न अति नजिक पुगेको छ। यदि यस्तो जनसंहारकारी हतियार इरानी शासनको हातमा पुग्यो भने, त्यो इजरायलको अस्तित्वकै लागि खतरनाक हुनेछ र विश्वकै लागि ठूलो चुनौती हुनेछ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





