भीरकोटमा कृषि र पशु विकासमा परियोजना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

प्रकाश डोटेल
स्याङ्जा । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।

कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । नगरका अधिकांश भाग पहाडी क्षेत्र भएको भीरकोटमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर उत्पादनसँगै बजारीकरण गर्ने उद्देश्यले विशेष कार्यक्रम शुरु गरिएको छ ।

परियोजनाले कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने छ । कार्यक्रमले कृषि उत्पादन र बजारीकरण महत्वपूर्ण सहयोग पु¥याउने नगरपालिकाले विश्वास लिएको छ । महिला तथा पछाडि परेको समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने प्रयास गरिने भएको छ ।

नगरका नौं वडाका न्यून आय भएका घरपरिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिए । उनका अनुसार विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुनेछ

परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।

भीरकोट नगरपालिकाको समन्वयमा हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन हुनेछ । २० महिने अवधिका लागि संचालन हुने परियोजनाका लागि तीन करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।

127 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal