अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन् । हिजो बेलुका बिजुली झ्याप्प–झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा भनेका हुन् ।
बेलुकाको समयमा बिजुलीको अत्यधिक माग रहेको तर त्यसको तुलनामा नेपालतर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई लाइन ट्रिपिङ्ग भइरहँदा विद्युत् प्रणाली सञ्चालन हुन नसकेको प्राधिकरणको भनाइ छ ।
शाक्यले भने, ‘सामाजिक सञ्जालमा अब लोडसेडिङ सुरू भयो भनेर गरिएको प्रचार गलत हो । हिजो ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको रहेछ । करिब २ घण्टापछि त्यो समस्या समाधान भएको थियो । मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालका भनाइमा सत्यता छैन । अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन ।’
विद्युत आपूर्ति बन्द हुनासाथ आफैँ विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगी भारबारे जानकारी लिएको उनले सुनाए । बेलुका ८ः८ मा ढल्केवर मुजफरपुर ४०० केभी लाइनको समस्या समाधान भइ उक्त लाइनको सर्किट–२ सञ्चालनमा आएपछि आपूर्ति सहज हुँदै आएको उनले बताए ।
ताजा
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
२०८२ फाल्गुन २६ गते, मंगलवार
भोलि भट्टराई भारत जाने
२०८२ फाल्गुन २६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को छायांकन सुरु
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





