बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु पाण्डेले अबको प्रधानमन्त्रीको बालेन्द्र शाह (बालेन) रहेकोभन्दै चाहिने नचाहिने कुरा गर्ने छुट कसैलाई नरहेको बताएका छन्।
मंगलबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै कन्फ्युजन नरहेको बताएका थिए। ‘रास्वपाको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह त्यसमा कुनै कन्फ्यूजन छैन। चाहिने नचाहिने भन्ने कुरा कसैलाई छुट छैन’, सञ्चारकर्मीसँग उनले भने।
काठमाडौँ ३ बाट निर्वाचित पाण्डेलाई सञ्चारकर्मीले रास्वपा उपसभापति डिपी अर्यालले भनेको विषय उठाउँदै ‘बालेन शाह प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने कुरा पनि कन्फ्यूजनमा रहेको छ नि’ भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै उनले उपसभापति अर्यालले भनेको कुरा आफूलाई थाहा नभएको बताएका थिए।
यदि अर्यालले त्यस्तो भनेको हो भने उनको भनाइ गैर जिम्मेवार रहेको पाण्डेको भनाइ थियो। अर्यालले काठमाडौँ–९ बाट जितेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दा बालेन तथा पार्टी सभापति रवि लामिछानेको सहमतिबारे आफूलाई थाहा नपाएको प्रतिक्रिया दिएका थिए। बालेन प्रधानमन्त्री बन्नेबारे कुनै सहमति नभएको आशयको प्रतिक्रिया उनले सञ्चारकर्मीहरूलाई दिएपछि बालेन प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने विषय राजनीतिकवृत्तमा चर्चाको विषय बनेको छ।
यद्यपि रास्वपाले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका नरहेको बताइसकेको छ। अर्यालले पनि आफ्नो भनाइको खण्डन गर्दै बुझाइमा फरक परिसकेको भनेर फेरि सच्याइसकेका छन्।
तर बालेन प्रधानमन्त्री बन्ने हुन् वा होइनन् भन्ने विषय भने सतहमा देखा परेको छ। सोही विषयलाई लिएर पाण्डेलाई पनि सञ्चाकर्मीले प्रश्न सोधेका हुन्। मंगलबार सञ्चारकर्मीले उपसभापतिले बालेन प्रधानमन्त्री बन्ने कुरा थाहा छैन भन्नुभएको छ नि भन्ने प्रश्नमा पाण्डे कड्किएका थिए।
‘उहाँ (अर्याल०) ले थाहा छैन भनेको मलाई थाहा छैन। भनेको भए गैर जिम्मेवार कुरा हो। त्यो गैर जिम्मेवार कुरा कसैले गर्न पाउँदैन। कसैले पनि जनताले सहनेवाला छैन’, पाण्डेले भनेका थिए। उनले यतिमात्र भनेनन् अगाडि बढेर पार्टीका पदाधिकारी तहका नेतृत्वलाई नै प्रधानमन्त्रीका विषयमा जे पायो त्यही नबोल्नसमेत निर्देश गरे। यद्यपि पाण्डे आफै अहिले रास्वपाको कुनै पदाधिकारी तहमा छैनन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





