विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ । गीत सार्वजनिक भएको दुई सातामै यसमा झण्डै तीन लाख टिकटक भिडियो बनेका छन् ।
युट्युबमा पनि गीतले २१ लाखभन्दा बढी भ्यूज पाइसकेको छ भने दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको छ । कतिपय दर्शकले व्यस्त राजनीतिक माहोलबीच गीतले मनलाई शीतल बनाएको प्रतिक्रिया दिएका छन् भने कतिले संगीत र दृश्य प्रस्तुतिको प्रशंसा गरेका छन् ।
गीतको लोकप्रियताले कीर्तिमानी गीतकार डा. उपाध्याय र चलचित्रका निर्देशक माइकल चन्द उत्साहित देखिनुभएको छ । चुनावी माहोलमा गीत सार्वजनिक गर्दा केहीले समय उपयुक्त नभएको भने पनि गीत सफल हुनेमा आफूहरू विश्वस्त रहेको चन्दले बताउनुभयो ।
रोमान्टिक शैलीको उक्त गीतमा धनबहादुर गिरी (बाबुल) र रचना रिमालको स्वर तथा गायक गिरीकै संगीत छ । सियोन श्रेष्ठको कोरियोग्राफीमा बनेको भिडियोमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टको अभिनय छ ।
चलचित्रमा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व।सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला र दिनेश डिसीलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता उपेन्द्र शाही र स्वेता विमली हुनुहुन्छ भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहनुभएको छ ।
नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डीआर उपाध्यायका विभिन्न विधामा १५३ विश्व रेकर्ड कायम छन् । डा. उपाध्यायका ३७ बढी एल्वमका १५० भन्दा बढी गीत र भिडियो सार्वजनिक छन् भने १७ उपन्यास पाठकमाझ आएका छन् । यस्तै उहाँका कविता र गीत संग्रह पनि प्रकाशित छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





