गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ ।

गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ। निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस,प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ।

सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् ।

गीतसंगीतमा सधैं रुचि राख्ने शिवाकोटीको यो सांगीतिक कोशेली ‘के लाई हतार’ गोविन्द मधुर आचार्यको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । टिपिकल शब्द चयन र भाषा छनोटमा पोख्त शिवाकोटीको गीत निकै मार्मिक भएको आँकलन गरिएको छ ।

117 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal