अब अर्थतन्त्र ओरालो लाग्न दिइने छैनः प्रधानमन्त्री ओली

२०८२ बैशाख ३० गते, मंगलवार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशातर्फ अघि बढेको मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्न नदिने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारबाट मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियो निर्माणको उद्घोष गर्दै प्रधानमन्त्री ओलीले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएको भन्दै अब अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्न नदिने बताएका हुन्।

उनले आफू तीन वर्षको अन्तरालपछि फेरी प्रधानमन्त्री बन्दा तीनवर्षअघि आफूले छाडेकै अवस्थामा विकासका काम रहेको जिकिर गरे। सो अवधिमा विकासका कुनै काम हुन नसकेपनि राज्यको ढुकुटी भने सक्काइएको उनले बताए। प्रधानमन्त्री ओलीले अहिले राज्यको ढुकुटीमा पैसा नभएपनि थालेका कामलाई पुरा गर्ने उल्लेख गरे। उनले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए।

 

107 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal