आजबाट हलमा ‘जार’ र ‘ऊनको स्वीटर’ प्रदर्शन
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शन भएका हुन् ।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
‘ऊनको स्वीटर’मा विपीन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो । निर्देशक नवीन चौहानले सिनेमाको कथा पाँचथरदेखि भारतको वेस्ट बंगालको सीमासम्म फैलिएको बताएका छन् ।
सुजन चापागाईं र झुमा लिम्बूको संगीत र नवीन चौहानको लेखन रहेको चलचित्रले सांस्कृतिक विविधता र सामाजिक अन्तर्विरोधलाई देखाएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





