ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले यो सरकार अहिले ढल्न नहुने बताएका हुन् । ‘गठबन्धन ढल्न हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्छ भन्ने हाम्रो कामना छ । अझै धेरै हामीले देख्न बाँकी छ, हामी हेर्न चाहन्छौं, अझैं धेरै गिर्न बाँकी छ । हामी देख्न चाहन्छौं, त्यसैले गर्दा पनि यो गठबन्धन टिकिरहोस्, नढलोस्,’– उनले भने ।

वर्तमान सरकार बन्नुको उद्देश्य अहिलेसम्म आइसक्दा पुष्टि भइसकेको उनले बताए । कुलमान घिसिङजस्तो काविल प्रशासक हटाउन, संसद्को चौथो ठूलो दलका नेतालाई सहकारीमा फसाएर सहकारी ठगी प्रकरण सामसुम पार्न, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहजस्ता युवाको उछितो काड्न यो सरकार बनेको भन्ने पुष्टि भइसकेको उनले बताए ।

128 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal