कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो ।

नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा भएको उक्त अभिनन्दन संस्थाहरूको सङ्ख्या ३८ थिए जसमा अनेसास दर्पण पनि थियो ।

सो अवसरमा प्रदान गरिएको अभिनन्दनपत्रको उचाइ अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठकै उचाइ बराबर रहेको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरूद्वारा लेखिएका आलेख र उहाँका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको “नरेन्द्रबहादुर श्रेष्ठ स् आलेख र अभिलेख” पुस्तकको लोकार्पण पनि भयो ।

सो ग्रन्थको प्रधान सम्पादक प्रमोद प्रधान र सम्पादकहरूमा श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी र मुरारी सिग्देल रहनुभएको छ । ग्रन्थमा ८० लेखकका रचना समावेश छन् । सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो । यसैगरी सर्वनामद्वारा नरेन्द्रबहादुर श्रेष्ठबारे तयार गरिएको वृत्तचित्रको प्रदर्शन पनि गरिएको थियो । यस वृत्तचित्रको निर्देशन वरिष्ठ नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले गरेका हुन् ।

समारोहका प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैमा महत्त्वपूर्ण कार्य भएको बताए । उनले श्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गरेका थिए ।

अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्राको पृष्ठभूमि बताउँदै आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको उल्लेख गरे । उनले आफ्नो जीवनमा आमा र श्रीमती दुवैको महत्त्वपूर्ण योगदान भएको पनि बताए ।

अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले श्री श्रेष्ठको व्यक्तित्व र योगदानबारे चर्चा गर्दै यो अभिनन्दन उहाँले समाज र देशलाई दिनुभएको योगदानको लागि भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनुभएका वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए । उनले भने( “उहाँलाई नरेन्द्रबहादुर बनाउनमा उहाँकी आमा र धर्मपत्नीको योगदानलाई हामीले बिर्सन हुँदैन ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूले सानोमा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको स्मरण गर्दै आफूले उहाँबाट प्राप्त गरेको प्रेरणाको चर्चा गरेका थिए ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईंंले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा श्री श्रेष्ठका ज्येष्ठ सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र पढेर सुनाएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्तासहित सहभागी संस्थाहरू र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कवि एवं चर्चित पत्रकार ठाकुर बेलवासेके सहजीकरण गरेको सो कार्यक्रममा ४०० बढीको उपस्थिति रहेको थियो ।

74 Views

ताजा

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने

२०८२ पुष ३० गते, बुधबार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

२०८२ पुष २९ गते, मंगलवार

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

२०८२ पुष २९ गते, मंगलवार

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२०८२ पुष २८ गते, सोमबार

लोकप्रिय

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal