चैत्र १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित राजधानीमा विशाल जनप्रदर्शन हुने

२०८१ चैत्र १२ गते, मंगलवार

काठमाडौं । चैत्र १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित राजधानीमा विशाल जनप्रदर्शन हुने भएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिका अनुसार यहीँ चैत्र १५ गते शुक्रबारका दिन राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको हो।

साथै, उनले सो विज्ञप्तिमार्फत सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूमा साथको अपीलसमेत गरेका छन्।

नेपाल विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै यो समयमा देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको सर्ववितित नै छ। यो समयमा हामी देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको छ। अन्यथा यो गौरवशाली देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। देश राज्य र राष्ट्रको रूपमा निरन्तर क्षयिकृत भएर गइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’यसै परिप्रेक्षमा विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउनका लागि विभिन्न पक्षबाट मलाई संयोजन गरिदिन गरिएको आग्रह स्वरूप मैले “राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति”को नेतृत्व गरिरहेको विषय सार्वजनिक भइसकेको छ’

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal