आजबाट एसइई परीक्षा शुरु
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु हुने भएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यसवर्ष पाँच लाख १४ हजार ७१ परीक्षार्थी एसइईमा सहभागी हुँदैछन् । यो संख्या गत वर्षको भन्दा ४९ हजार दुई सय ८६ ले बढी हो । गत वर्ष एसईईमा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए ।
यसवर्षको एसईई परीक्षाका लागि बोर्डले देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । यी केन्द्रहरूमा विद्यार्थी संख्याको आधारमा परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको पौडेलले बताए । १५० जनाभन्दा बढी परीक्षार्थी भएका केन्द्रहरूमा अनिवार्य रूपमा सहायक केन्द्राध्यक्ष तोकिएको छ भने प्रत्येक २० जना परीक्षार्थीलाई एकजना निरीक्षक खटाइनेछ । विद्यार्थी संख्या ७५ जनाभन्दा कम भएका केन्द्रहरूमा भने सहायक केन्द्राध्यक्ष नरहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिका, सिम्बोल नम्बर लगायतका आवश्यक सामग्री देशभरका परीक्षा केन्द्रहरूमा यसअघि पुगिसकेका छन् । विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि देखिएको यस वर्षको परीक्षा व्यवस्थापन, निष्पक्षता तथा सुरक्षा संयन्त्र थप प्रभावकारी बनाउने योजना बोर्डले अघि सारेको छ । यस पटकको एसईईमा केही विशेष केन्द्रहरू निर्धारण गरिएको छ, जसले परीक्षाको पहुँचलाई समावेशी बनाउन महत्वपूर्ण योगदान पु¥याउनेछ । काठमाडौं र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृहमा पनि परीक्षा केन्द्र तोकिएको छ, जहाँ विद्यार्थीहरूले आफ्नो परीक्षामा सहभागी हुन सक्नेछन् । यस्तै, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट चार जना एचआईभी संक्रमित विद्यार्थीले पनि एसईई परीक्षा दिने तयारी गरिरहेका छन् ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली तथा गैरनेपाली विद्यार्थीका लागि इलेक्टिभ इङ्ग्लिसको परीक्षा तोकिएको छ। त्यसपछि चैत १० मा गणित, चैत १२ मा विज्ञान तथा प्रविधि, चैत १३ मा सामाजिक अध्ययन, चैत १४ मा ऐच्छिक प्रथम, चैत १५ मा ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन गरिनेछ ।
बोर्डले यस वर्ष पनि परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गर्ने तयारी गरेको छ । विगत वर्षको एसईई परीक्षामा जम्मा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । सोही कारण बोर्डले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउनका लागि कडाइका साथ निगरानी गरिने जनाइएको छ । परीक्षा अवधिभर सुरक्षा निकायको सहयोगमा प्रत्येक केन्द्रमा विशेष अनुगमन टोली परिचालन गरिनेछ। परीक्षा केन्द्रभित्र मोबाइल फोन, स्मार्ट घडी जस्ता इलेक्ट्रोनिक उपकरणहरू प्रतिबन्धित गरिएका छन् । परीक्षामा कुनै पनि समस्या देखिएमा सम्बन्धित परीक्षा केन्द्र, शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि व्यापक तयारी गरिए पनि विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको भूमिका उत्तिकै महत्वपूर्ण रहनेछ। परीक्षामा सामेल हुने सबै विद्यार्थीलाई निर्धारित समयभन्दा अगाडि परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरिएको छ। शिक्षासँग जोडिएको यस महत्वपूर्ण परीक्षाले विद्यार्थीको शैक्षिक यात्रा र भविष्यमा ठूलो प्रभाव पार्ने भएकाले निष्पक्ष, व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गर्न सम्पूर्ण सरोकारवालाहरू गम्भीर बन्नुपर्ने आवश्यकता रहेको छ।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





