आजबाट एसइई परीक्षा शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु हुने भएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यसवर्ष पाँच लाख १४ हजार ७१ परीक्षार्थी एसइईमा सहभागी हुँदैछन् । यो संख्या गत वर्षको भन्दा ४९ हजार दुई सय ८६ ले बढी हो । गत वर्ष एसईईमा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए ।
यसवर्षको एसईई परीक्षाका लागि बोर्डले देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । यी केन्द्रहरूमा विद्यार्थी संख्याको आधारमा परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको पौडेलले बताए । १५० जनाभन्दा बढी परीक्षार्थी भएका केन्द्रहरूमा अनिवार्य रूपमा सहायक केन्द्राध्यक्ष तोकिएको छ भने प्रत्येक २० जना परीक्षार्थीलाई एकजना निरीक्षक खटाइनेछ । विद्यार्थी संख्या ७५ जनाभन्दा कम भएका केन्द्रहरूमा भने सहायक केन्द्राध्यक्ष नरहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिका, सिम्बोल नम्बर लगायतका आवश्यक सामग्री देशभरका परीक्षा केन्द्रहरूमा यसअघि पुगिसकेका छन् । विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि देखिएको यस वर्षको परीक्षा व्यवस्थापन, निष्पक्षता तथा सुरक्षा संयन्त्र थप प्रभावकारी बनाउने योजना बोर्डले अघि सारेको छ । यस पटकको एसईईमा केही विशेष केन्द्रहरू निर्धारण गरिएको छ, जसले परीक्षाको पहुँचलाई समावेशी बनाउन महत्वपूर्ण योगदान पु¥याउनेछ । काठमाडौं र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृहमा पनि परीक्षा केन्द्र तोकिएको छ, जहाँ विद्यार्थीहरूले आफ्नो परीक्षामा सहभागी हुन सक्नेछन् । यस्तै, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट चार जना एचआईभी संक्रमित विद्यार्थीले पनि एसईई परीक्षा दिने तयारी गरिरहेका छन् ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली तथा गैरनेपाली विद्यार्थीका लागि इलेक्टिभ इङ्ग्लिसको परीक्षा तोकिएको छ। त्यसपछि चैत १० मा गणित, चैत १२ मा विज्ञान तथा प्रविधि, चैत १३ मा सामाजिक अध्ययन, चैत १४ मा ऐच्छिक प्रथम, चैत १५ मा ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन गरिनेछ ।

बोर्डले यस वर्ष पनि परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गर्ने तयारी गरेको छ । विगत वर्षको एसईई परीक्षामा जम्मा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । सोही कारण बोर्डले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउनका लागि कडाइका साथ निगरानी गरिने जनाइएको छ । परीक्षा अवधिभर सुरक्षा निकायको सहयोगमा प्रत्येक केन्द्रमा विशेष अनुगमन टोली परिचालन गरिनेछ। परीक्षा केन्द्रभित्र मोबाइल फोन, स्मार्ट घडी जस्ता इलेक्ट्रोनिक उपकरणहरू प्रतिबन्धित गरिएका छन् । परीक्षामा कुनै पनि समस्या देखिएमा सम्बन्धित परीक्षा केन्द्र, शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि व्यापक तयारी गरिए पनि विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको भूमिका उत्तिकै महत्वपूर्ण रहनेछ। परीक्षामा सामेल हुने सबै विद्यार्थीलाई निर्धारित समयभन्दा अगाडि परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरिएको छ। शिक्षासँग जोडिएको यस महत्वपूर्ण परीक्षाले विद्यार्थीको शैक्षिक यात्रा र भविष्यमा ठूलो प्रभाव पार्ने भएकाले निष्पक्ष, व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गर्न सम्पूर्ण सरोकारवालाहरू गम्भीर बन्नुपर्ने आवश्यकता रहेको छ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal