माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली जनताले राजसंस्था उन्मुलन नगरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा तत्कालीन माओवादी, सात दल र राजाबीच सम्झौता हुँदा राजसंस्था नरहने कुराको उल्लेख नै नरहेको बताएका हुन् । सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ सालमा विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गरेको उनले बताए ।
‘राजसंस्था नेपाली जनताले उन्मुलन गरेको होइन । यदि जनताले उन्मुलन गर्थे भने २०६३ सालको वैशाख १० गते जब ७ दल, माओवादी र राजाबीच जुन सहमति बन्यो, त्यो सहमतिले राजसंस्था हटाएको छैन । २०६३ साल वैशाख १० गते, त्यसमा त्रिपक्षीय सहमति थियो । सबै सन्तुलन थियो र सबैको हित रक्षा गर्दै देशलाई अगाडि बढाउनका निम्ति राजकीय सत्ता र सार्वभौम सत्ताको स्रोत नेपाली जनता हुन् भन्ने कुरालाई हृदयम्गम गर्दै २०५८ सालमा विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने सहमति बन्यो । त्यसमा राजसंस्था हटाउने कुरा छैन,’– उनले भने ।
साथै, राजसंस्थाको अन्त्य आन्दोलनको रापतापमा नभएर बाह्य शक्तिको स्वार्थमा भएको उनको गम्भीर आरोप छ । उनले राजासँग भएको सहमतिमा विश्वास भएको र माओवादी आन्दोलन नै भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० ले चलाएको उनले आरोप लगाए । ‘सहमतिको विश्वासघात भयो । ‘ सबैभन्दा धेरै माओवादी पार्टीसँग भारतको संलग्नता रह्यो । अहिले आएर त धेरैले भनिरहेका छन् नि यो माओवादी आन्दोलनलाई भारतले उठाएको हो, ‘रअ’ ले चलाएको हो भनेर अहिले छ्याप्छ्याप्ति छ,’– उनले भने ।
भारतको राष्ट्रपति भइसकेका प्रणव मुखर्जीले समेत नेपालको माओवादी आन्दोलन ‘रअ’ ले चलाएको भनेर भनिसकेको उनको दाबी छ ।
ताजा
गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह
२०८२ माघ २० गते, मंगलवार
गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह
२०८२ माघ २० गते, मंगलवार
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल
२०८२ माघ २० गते, मंगलवार
गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो
२०८२ माघ २० गते, मंगलवार
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
२०८२ माघ २० गते, मंगलवार
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा
२०८२ माघ २० गते, मंगलवार
निर्वाचन आउन ३० दिन बाँकीः ७६ जनाको नाम हटयो
२०८२ माघ २० गते, मंगलवार
जापानमा राष्ट्रपति पौडेल
२०८२ माघ १९ गते, सोमबार
पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
२०८२ माघ १९ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





