माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली जनताले राजसंस्था उन्मुलन नगरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा तत्कालीन माओवादी, सात दल र राजाबीच सम्झौता हुँदा राजसंस्था नरहने कुराको उल्लेख नै नरहेको बताएका हुन् । सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ सालमा विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गरेको उनले बताए ।
‘राजसंस्था नेपाली जनताले उन्मुलन गरेको होइन । यदि जनताले उन्मुलन गर्थे भने २०६३ सालको वैशाख १० गते जब ७ दल, माओवादी र राजाबीच जुन सहमति बन्यो, त्यो सहमतिले राजसंस्था हटाएको छैन । २०६३ साल वैशाख १० गते, त्यसमा त्रिपक्षीय सहमति थियो । सबै सन्तुलन थियो र सबैको हित रक्षा गर्दै देशलाई अगाडि बढाउनका निम्ति राजकीय सत्ता र सार्वभौम सत्ताको स्रोत नेपाली जनता हुन् भन्ने कुरालाई हृदयम्गम गर्दै २०५८ सालमा विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने सहमति बन्यो । त्यसमा राजसंस्था हटाउने कुरा छैन,’– उनले भने ।
साथै, राजसंस्थाको अन्त्य आन्दोलनको रापतापमा नभएर बाह्य शक्तिको स्वार्थमा भएको उनको गम्भीर आरोप छ । उनले राजासँग भएको सहमतिमा विश्वास भएको र माओवादी आन्दोलन नै भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० ले चलाएको उनले आरोप लगाए । ‘सहमतिको विश्वासघात भयो । ‘ सबैभन्दा धेरै माओवादी पार्टीसँग भारतको संलग्नता रह्यो । अहिले आएर त धेरैले भनिरहेका छन् नि यो माओवादी आन्दोलनलाई भारतले उठाएको हो, ‘रअ’ ले चलाएको हो भनेर अहिले छ्याप्छ्याप्ति छ,’– उनले भने ।
भारतको राष्ट्रपति भइसकेका प्रणव मुखर्जीले समेत नेपालको माओवादी आन्दोलन ‘रअ’ ले चलाएको भनेर भनिसकेको उनको दाबी छ ।
ताजा
पब्लिक डिबेटमा उत्रिन तयार छुः ओली
२०८२ माघ ११ गते, आईतवार
पब्लिक डिबेटमा उत्रिन तयार छुः ओली
२०८२ माघ ११ गते, आईतवार
प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी
२०८२ माघ ११ गते, आईतवार
माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज
२०८२ माघ ११ गते, आईतवार
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा
२०८२ माघ ११ गते, आईतवार
अर्पण थापाको निर्देशनमा बन्ने चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने
२०८२ माघ ११ गते, आईतवार
’सिन्दुरे जात्रा’ मा विजय-अञ्जनाको इन्ट्री
२०८२ माघ ११ गते, आईतवार
देश र जनताको भलो नै मेरो मूल मार्गदर्शनः आचार्य
२०८२ माघ ११ गते, आईतवार
‘अग्निचक्षु’ले फेरि जगायो कुमारी संस्कृतिको चेतना, राजधानीमा नियमित मञ्चन
२०८२ माघ ११ गते, आईतवार
समाजसेवामा अग्रसर बन्दै भरत खड्का
२०८२ माघ १० गते, शनिबार
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





