प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीहरुको पछाडि लागेर चुमचुम गरेको खण्डमा निर्मल निवास र नागार्जुन दरबारलाई पनि संग्राहलय बनाइदिने चेतावनी दिएका छन् । आज सोमबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई यहाँभन्दा ओभर नहुन चेतावनी दिएका हुन् ।
‘यहाँभन्दा बढी ओभर भयौं भने, अब राजावादीहरुको चुमचुमको पछाडि लाग्यौ भने अच्चम्म के नमान्नुहोला भन्दाखेरी नारायणहिटीमात्रै होईन, निर्मल निवास र नागार्जुन निवास दुवै संग्राहलय हुनसक्छ,’– उनले भने ।

राजतन्त्रजस्तो कालो युगमा नेपाली जनता फर्किन तयार नरहेको उनको दाबी छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने तागत एमाले–कांग्रेसले राख्ने उनको दाबी छ । ज्ञानेन्द्र र प्रचण्ड यही व्यवस्थामा बस्न नचाहेको खण्डमा उनीहरुलाई जेल कोचिनुको विकल्प नरहेको उनको भनाइ छ ।
‘अहिले ज्ञानेन्द्र आदित्यनाथ योगीका टाङमा छिरेर प्रचण्डले नसकेको अर्को नसकेको अर्को लेन्डुपदोर्जे म हुन्छु भन्छन् भने प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने तागत एमाले र कांग्रेसमा छ,’– उनले भने ।

128 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal