साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र

२०८१ फाल्गुन २५ गते, आईतवार

काठमाडौं । कलाकारसमेत रहेका युवा ज्योतिष हरिहर अधिकारीले आफ्नो सल्लाह अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किन लागेको दाबी गरेका छन् ।

आइतबार अधिकारीले लगातार दुई स्टाटस् लेख्दै सो दाबी गरेका हुन् । पहिलो स्टाटस्मा उनले आज साइत राम्रो नभएको र आज काठमाडौं नआउँदा राम्रो हुने तर, आउनै परे दही खाएर आउन सुझाव दिएका थिए ।

उनले लेखेका थिए ‘ज्योतिषी भएकै कारणले गर्दा मैले देखेको कुरामा यो सानो मार्गदर्शन मात्र।ज्योतिष शास्त्रको सामान्य साइत हेर्ने नियम पनि पालन गराउन नसकेको हो कि नजानेको हो रु राम्रो साइतमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र ? । हामी हिन्दू राष्ट्र बनाउँछौं भन्छौं, राजा ल्याएर स्थान दिनुपर्छ भन्छौं, राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौं। तर, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै रु शास्त्र र साइत हेरेर कार्य गर्दा मात्र सफलता मिल्छ। त्यसैले सबैजनाले साइत हेर्ने बानी बसालौँ। यात्रा गर्नै परे दही खाएर गर्दा राम्रो’।
यो स्टाटस लेखेको ३ घण्टापछि अर्को स्टाटस लेख्दै अधिकारीले पूर्वराजा दही खाएरै निस्किन लागेको जानकारी दिएका हुन् ।

दोस्रो स्टाटस्मा उनले लेखेका छन् ‘ज्योतिष शास्त्रअनुसार आज यात्रा गर्दा ध्यान दिनु पर्ने केही कुराहरू मैले केही समय अघि पोस्ट गरेको थिएँ, त्यसै अनुरूप राजाले पनि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्नु हुने कुरा जानकारीमा आएको छ १ उहाँ लगायत सबैको यात्रा शुभ रहोस्’
पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौं आउन लागेका छन् । यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौंमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफुलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन् ।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal