भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप

२०८१ फाल्गुन २५ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लाका उपसभापति नवीन अधिकारीले सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरिसकेका सुरेन्द्रप्रसाद सिंहलाई पार्टी विधानअनुसार जिल्ला सभापति मान्न नसकिने बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर भइसकेको पछि सुरेन्द्र स्वतः पार्टी सदस्य पनि नरहने बताएका हुन् । २०८० फागुनमै सर्वोच्चले सुरेन्द्रलाई दोषी ठहर गरेर पनि अझै पनि उनी सार्वजनिक कार्यक्रममा सभापतिकै हैसियतमा उपस्थित हुने गरेको बताए । यस विषयमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका शीर्ष नेतालाई जानकारी गराउँदा पनि पदबाट बर्खास्त नगरिएको भन्दै उनले गुनासो पोखे । आफूहरुको चाहना पार्टीको विधान लागू होस् भन्नेमात्रै रहेको उनले बताए ।

‘हाम्रो पार्टी सभापति सुरेन्द्रप्रसाद सिंहज्यू, उहाँलाई सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा २०८० साल फागुन १५ गते दोषी ठहर गर्यो । कांग्रेसको विधानले के भन्छ भने, जुनसुकै व्यक्ति अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टीको साधरण सदस्य पनि नरहने भनेर हाम्रो पार्टीको विधानको परिच्छेद २ धारा १३ ९ङ० बमोजिम व्यवस्था गरेको छ । त्यो व्यवस्थाअनसार उहाँ २०८० साल फागुन १५ गतेदेखि पार्टीको साधारण सदस्य नै हुनुहुन्छ । पार्टी सदस्य नै नरहेको व्यक्तिलाई आजको मितिसम्म केन्द्रले नहटाएर उहाँलाई नै पार्टी सभापति घोषणा गरिराखेको हुनाले हामीले पार्टी विधान लागू होस् भन्ने उद्देश्य लिएर हामीले आन्दोलन गरिराखेका छौं,’– उनले भने ।

यो पनि पढ्नुहोस्ः प्रमाणित भ्रष्टाचारी सुरेन्द्रलाई कहिलेसम्म बोक्ने भन्दै नेतृत्वसँग कांग्रेस मधेशका कार्यकर्ता रुष्ट, देउवासँग भोलि कुरा राख्ने तयारी
अब आगामी चैत ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम रहेको पनि उनले बताए । सर्लाही कांग्रेस अहिले विधानअनुरुप नचलेको उनले बताए । भ्रटाचारी प्रमाणित भइसक्दा पनि पार्टी सभापति देउवा, महामन्त्रीद्वय थापा, शर्मा र अन्य नेताले सुरेन्द्रलाई नै काखी च्याप्नुको कारण आफूहरुले बुझ्नै नसकेको उनले बताए । ‘हामी चैत ८ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम छ । हाम्रो धर्नाको एउटै उद्देश्य छ– पार्टीको विधान लागू होस् भन्नेमात्रै हाम्रो धारणा हो । अहिले विधानअनुसार पार्टी चलेको छैन । हामीलाई त्यही लागिरहेको छ । सर्लाही जिल्लाका इमानदार आम कार्यकर्ताहरुलाई त्यो लागिरहेको छ,’– उनले भने ।

6 Views

ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal