भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप

२०८१ फाल्गुन २५ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लाका उपसभापति नवीन अधिकारीले सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरिसकेका सुरेन्द्रप्रसाद सिंहलाई पार्टी विधानअनुसार जिल्ला सभापति मान्न नसकिने बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर भइसकेको पछि सुरेन्द्र स्वतः पार्टी सदस्य पनि नरहने बताएका हुन् । २०८० फागुनमै सर्वोच्चले सुरेन्द्रलाई दोषी ठहर गरेर पनि अझै पनि उनी सार्वजनिक कार्यक्रममा सभापतिकै हैसियतमा उपस्थित हुने गरेको बताए । यस विषयमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका शीर्ष नेतालाई जानकारी गराउँदा पनि पदबाट बर्खास्त नगरिएको भन्दै उनले गुनासो पोखे । आफूहरुको चाहना पार्टीको विधान लागू होस् भन्नेमात्रै रहेको उनले बताए ।

‘हाम्रो पार्टी सभापति सुरेन्द्रप्रसाद सिंहज्यू, उहाँलाई सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा २०८० साल फागुन १५ गते दोषी ठहर गर्यो । कांग्रेसको विधानले के भन्छ भने, जुनसुकै व्यक्ति अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टीको साधरण सदस्य पनि नरहने भनेर हाम्रो पार्टीको विधानको परिच्छेद २ धारा १३ ९ङ० बमोजिम व्यवस्था गरेको छ । त्यो व्यवस्थाअनसार उहाँ २०८० साल फागुन १५ गतेदेखि पार्टीको साधारण सदस्य नै हुनुहुन्छ । पार्टी सदस्य नै नरहेको व्यक्तिलाई आजको मितिसम्म केन्द्रले नहटाएर उहाँलाई नै पार्टी सभापति घोषणा गरिराखेको हुनाले हामीले पार्टी विधान लागू होस् भन्ने उद्देश्य लिएर हामीले आन्दोलन गरिराखेका छौं,’– उनले भने ।

यो पनि पढ्नुहोस्ः प्रमाणित भ्रष्टाचारी सुरेन्द्रलाई कहिलेसम्म बोक्ने भन्दै नेतृत्वसँग कांग्रेस मधेशका कार्यकर्ता रुष्ट, देउवासँग भोलि कुरा राख्ने तयारी
अब आगामी चैत ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम रहेको पनि उनले बताए । सर्लाही कांग्रेस अहिले विधानअनुरुप नचलेको उनले बताए । भ्रटाचारी प्रमाणित भइसक्दा पनि पार्टी सभापति देउवा, महामन्त्रीद्वय थापा, शर्मा र अन्य नेताले सुरेन्द्रलाई नै काखी च्याप्नुको कारण आफूहरुले बुझ्नै नसकेको उनले बताए । ‘हामी चैत ८ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम छ । हाम्रो धर्नाको एउटै उद्देश्य छ– पार्टीको विधान लागू होस् भन्नेमात्रै हाम्रो धारणा हो । अहिले विधानअनुसार पार्टी चलेको छैन । हामीलाई त्यही लागिरहेको छ । सर्लाही जिल्लाका इमानदार आम कार्यकर्ताहरुलाई त्यो लागिरहेको छ,’– उनले भने ।

72 Views

ताजा

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal