विद्यार्थी असुरक्षित, सरकार बेखबररु

२०८१ फाल्गुन १० गते, शनिबार

सुमना श्रेष्ठ
सरकार भन्छ— ‘मुद्दा टुंगियोू, प्रशासन भन्छ— ‘फिर्ता आऊू, तर पीडित विद्यार्थीहरू प्रश्न गर्छन्— ‘हामीलाई टेबलमाथि सुताएर कुटियो, फेरि कसरी फर्कनु ?’

विद्यार्थीहरू प्रेस मिटिङमा हात काँप्दै आफ्ना पीडा व्यक्त गरिरहेका छन्, तर सरकारले ूनडराऊ, म छुू भन्ने साहस देखाएको छैन। नेपाली विद्यार्थीहरू विदेशमा भौतिक र मानसिक यातना सहन बाध्य छन्। केही रेल्वे स्टेशनमा मृत भेटिन्छन्, केही आत्महत्याको अवस्थामा पुग्छन्, तर सरकार भने ुअब त्यस्तो हुँदैनु भन्दै उनीहरूलाई फिर्ता जान भन्छ१
विद्यार्थीहरू नेपाल फर्के भने उनीहरूको पढाइ निरन्तरता कसरी सुनिश्चित गरिन्छ ? मानसिक स्वास्थ्य सेवाको व्यवस्था कहाँ छ ? शिक्षामन्त्री र स्वास्थ्य मन्त्री किन मौन छन् ?
नेपालमै विद्यार्थीहरू धम्कीको सिकार छन्। अस्पतालमा डाक्टरहरूले मानसिक यातनाका कारण आत्महत्याको प्रयास गरिरहेका छन्। बाँचिरहेका डाक्टरहरू भन्छन् ‘हामीलाई सुरक्षित महसुस गराइदिनुस्।’

नेपाल बाहिर एक विद्यार्थीले आत्महत्या गरेपछि न्यायको माग गर्दा सबै नेपाली विद्यार्थी कुटिन्छन्, लखेटिन्छन्। सदन मौन छ, सरकार उताको प्रशासनले भनेको कुरामा विश्वास गरेर चुपचाप बसेको छ। विद्यार्थीहरूलाई एक्लै छोडिएको छ।
नेपाली विद्यार्थी न त नेपालमै सुरक्षित छन्, न विदेशमा। अब कति दिन सहने? सरकारको बेखबरपन कति दिन स्वीकार्ने? नेपालीहरूले कहिलेसम्म यस्तो अन्याय सहनुपर्ने?

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal