फागुन ७ कस्ले ल्यायो ?

२०८१ फाल्गुन ७ गते, बुधबार

गोविन्द्रप्रसाद दुलाल
वि.स. १९९३ साल ज्येष्ठ २० गतेका दिन काठमाडौं ओमबहालस्थित शहीद धर्मभक्तको फूपाजुको घरमा ५ जना युवकहरु जम्मा भएर एउटा राजनीतिक संस्था खडा गर्ने अठोट गरे । सबैको सल्लाहले संस्थाको नाम “नेपाल प्रजापरिषद” राख्ने निर्णय भयो । संस्थाको उद्देश्य नेपालको स्वेच्छाचारी राणाशासनलाई समाप्त गरी तत्कालिनश्री ५ महाराजधिराजको बैधानिक नायकत्वमा प्रजातान्त्रिक ब्यवस्थाको स्थापना गर्ने भन्ने कुरा लिखितरुपमा राख्ने भन्ने निर्णय भयो । संस्थाको यो उद्देश्य प्राप्तिका लागि जे जस्तो त्याग , वलिदान गर्न परे पनि गर्न हामी तयार छौं भनी “श्रीमदभागवत गीता” टाउकोमा राखी सबैले प्रण गरे । यसपछि संस्थाको अध्यक्ष पदमा सर्वसम्मतिबाट श्री टंकप्रसाद आचार्य छानिनुभयो । तदुपरान्त रमाइलो वातावरणमा सबैले मिठाई खाएर संस्था खडा हुन सकेकोमा हर्ष प्रकट गरे ।
१९९३ साल ज्येष्ठ २० गतेको यो घटना नेपालको इतिहासमा अत्यन्तै महत्वपूर्ण थियो । किनकी लगभग एक शताब्दीसम्म सबैको साझा फूलरीको रुपको नेपाललाई आफू र आफ्नो परिवारको खुवा जस्तै भोग गरीरहेको राणाहरुको मनपरितन्त्रलाई खतम गर्ने जनताको तर्फबाट संगठितरुपले दृढ प्रतिज्ञा गरिएको यो पहिलो दिन थियो । प्रतिज्ञा गर्ने त्यस बखतमा ५ जना मात्र थिए तर निस्वार्थभावले राष्ट्रको निमित्त आत्मवलिदान गर्न कटिबद्ध भएका ती ५ जनामा अतुलनीय बल तथा साहस थियो । जसको बल र साहसले १५ बर्ष भित्रमा आफुलाई दुर्जय सम्झिने राणाशायीलाई धराशायी गराइदियो ।
“नेपाल प्रजापरिषद”, भूमिगत संस्था थियो भन्ने कुरा यहाँ उल्लेख गरिरहन पर्ला जस्तो लाग्दैन कारण त्यस बखतको नेपालमा दुनिँयाले पाटीसम्म खोल्न पाइदैन थियो भने राजनीतिक दल खोल्ने कुरै थिएन । त्यसैले त्यसबखतमा परिषदको प्रत्येक क्रियाकलाप अत्यन्त नै गुप्तरुपले गर्न आवश्यक थियो । ५ जनाले पनि आपसमा भेटघाट गर्न निक्कै चाँजोपाँजो मिलाएर गर्नुपर्ने थियो । संस्था खडा भएको २–४ दिनपछि धर्मभक्तकै घरमा यसको पहिलो बैठक बस्यो । त्यसमा खासगरी कार्यक्रमसम्बन्धी छलफल भयो साथै श्री दशरथ चन्दलाई भारतका पत्रपत्रिकामा राणाशासनका बिरुद्ध प्रचार अभियान चलाउने अभिभारा पनि सुम्पियो । यसप्रकार नेपाल प्रजापरिषदले २–३ बर्षसम्म संस्थाको गतिबिधिलाई अगाडि बढाउन धेरै प्रयत्न ग¥यो । यसैबीच तत्कालिनश्री ५ महाराजधिराजसँगको सम्पर्क पनि स्थापित भयो । शुरुमा शहीद धर्मभक्त मार्फत र पछि कम्पाउन्डर चन्द्रमान मार्फत बिचारको आदान प्रदान हुन थाल्यो । “नेपाल प्रजापरिषद खुलेकोमा अत्यन्त हर्ष लाग्यो, मलाई पनि संस्थादेखि बाहिरको नठान्नु, मलाई पनि सदस्यै सम्झे हुन्छ, मबाट हुने हरप्रकारको सहयोग म प्रजापरिषदलाई दिनेछु” भन्ने ब्यहोरा सरकारबाट पठाइयो ।
उता कलकत्तामा राजा श्री जयपृथ्वीबहादर सिंह, श्री रामराजा, श्री मोहन बिक्रम शाहसित पनि सम्पर्क हुन पुग्यो । यसपछि परिषदको संख्या पनि ५ बाट २५ पुग्यो । सर्बश्री चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय, पुष्करनाथ उप्रेती ,शहीद गंगालाल, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ आदि सबै परिषदका सदस्य भए । श्री दशरथ चन्दले पटनाबाट प्रकाशित हुने जनता साप्ताहिक पत्रिकाबाट राणाशासनको दमनचक्रको भण्डाफोर गर्न थालेका थिए । परिषदको बैठकले पनि नेपालमा आम जनचेतनाको निमित्त गुप्तरुपले पर्चाहरु बितरण गर्ने ठहर गरेर स्वयं श्री टंकप्रसाद आचार्य ज्यू डुल्पिकेटिङ मेसिन्् किन्न कलकत्ता जानुभयो । श्री महेन्द्रबिक्रम शाहले प्रजापरिषदलाई सक्रिय सहयोग दिने बचन दिएर डुल्पिकेटिङ मेसिन्् समेत किनिदिनुभयो र सो मेसिन्् श्री टंकप्रसादजीले एक महिना भित्रै गढीको बाटो गरी पास गराएर काठमाडांै उतार्नुृभयो । छाप्ने मेसिन्् काठमान्डौ उतारिएपछि प्रजापरिषदका सदस्यलाई काम गर्न तत्परता अरु बढ्यो । त्यसबेलाको परिस्थितिले गर्दा छाप्ने मेसिन्् गाडेर राख्नुपर्ने भएकाले १ देखि ४ नं. सम्मका पर्चा एकैबाजि तयार गरीयो र मेसिन््लाई जमिन मुनि गाडियो । एकतारै मेसिन्् चालु गर्न ज्यादै खतरा थियो । टाईपराईटर त्यसबखतमा राणाहरुको दरबारमा मात्र हुन्थ्यो होला । त्यसैले स्टे«नसिलमा श्री आचार्य ज्यूले आफैंले लेख्नुभयो ।
आम जनचेतना जागृत गराउने उद्देश्यले पर्चा तयार गर्ने र पर्चाहरु छाप्ने काम सकिएपछि ती पर्चाहरुलाई वितरण गर्ने बेला नभएसम्म कसरी राख्ने भन्ने प्रश्न उठ्यो । कसैको पनि घर कोठामा राख्दा राणासरकारले सुराक लाएर छापा मार्न सक्छ यसकारण यसलाई पनि १ जना सदस्यको बारीमा गाडेर सुरक्षित गरी राख्ने निर्णय भयो । यसपछि पर्चाहरु कसरी र कहिले जनसमक्ष वितरण गर्ने भन्ने प्रश्न उठ्यो । रातमा लेखेर पर्चा छर्न पनि गाह्रो थियो । त्यसताका उपत्यकामा बेलुकी १० बजे देखि कफ्र्यु रहन्थ्यो । क¥फ्र्युको समयमा मानिसहरु हिँडडुल गर्न सक्दैनथे । यसैले प्रजापरिषदका सदस्यहरुलाई पर्चाबाजी गर्न कफ्र्यु नभएको बेला हेर्नुप¥यो । यस कार्यको निमित्त भोटो जात्राको जुवाको समय उपयुक्त ठह¥यो । त्यसदिन कफ्र्यु लाग्दैनथ्यो । लगभग १ शताब्दीदेखि बलवान भएर बसेको राणाशाही र त्यसका पृष्ठपोषकहरुले भरिएको काठमाडांै उपत्यकामा खुले आम शासक बर्गको विरुद्धमा पर्चाबाजी गर्नु ठट्टाको कुरो थिएन र सजिलो पनि थिएन । प्रजापरिषदका सदस्यहरुलाई त्रिभुवनको सहानुभूती बाहेक कसैको आड भरोसा थिएन । केवल आफूले संस्था खोल्दा श्रद्धा र विश्वासको साथ शिरमा राखेर प्रण गरेको भागवत गीताको वचन कर्मण्येवाधिकारष्तेमाफलेषु कदाचन भन्ने अमृत वचनलाई सम्झी कर्मक्ष्ोत्रमा उत्रन कटिबद्ध भएका थिए । विस्तारै–विस्तारै भोटो जात्राको दिन नजिक आयो । यो १९९७ साल आषाढ ९ गते परेको थियो । पूर्वनिर्धारित कायक्रम अनुसार यसै दिन पर्चा छर्ने आवश्यक तयारी गर्न प्रजापरिषदका सदस्य ब्यस्त थिए । काठमान्डौ उपत्यकालाई ४ क्षेत्रमा बिभाजित गरी क्षेत्र क्षेत्रमा खटिने कार्यकर्ताको बाँडफाँड गरियो । सबै ब्यवस्था मिलाइसकेपछि २ दिन अगाडि श्री टंकप्रसाद आचार्यलाई भारततिर पठाइयो ।
१९९७ सालको पर्चाबाजिले नेपालमा पहिलो पटक राजनीतिक आन्दोलनको श्रीगणेश ग¥यो । देशका सम्पूर्ण बुद्धिजीवी, विद्यार्थी, युवक तथा मजदुर किसानहरुमा पनि यसले अभूतपूर्व जागृति ल्यायो । राणाशासकहरु नेपालको रक्षकका नाममा भक्षकको रुपमा रहेछन् भन्ने कुरा सबैले बुझ्नथाले । शासनमा रहेका राणाहरुको पनि कलेजो काँप्न थाल्यो । जन्मदै जर्नेल भएका अनुभबहीनहरुको पनि ओठमुख सुकेको देखिन्थ्यो । सल्तनतका अरु भाइभारदारहरु पनि चिन्तामग्न देखिन्थे । १९९७ सालमा छरिएका पर्चाहरुमध्ये एउटा पर्चामा लेखिएको थियो–“भूतको आराधना गरेर देउता पाउन सकिँदैन” अर्थात हे राणा हो ! तिमीहरुका दानवी खोजतलासले नेपाल प्रजापरिषद भेटिँदैन । वास्तवमा हो पनि राणासरकारले आफ्नो सम्पूर्ण ताकत लगाउँदा पनि प्रजापरिषदबारे केही थाहाँ पाउन सकेको थिएन, तर दुखको कुरा छ की परिषदकै सदस्यहरुमध्ये एक जनाले संस्थाको सर्वभेद राणाहरुसामु खोलिदिए । यी पोलाहाको नाम वाक्पतिराज शास्त्री थियो । तिनी प्रातः स्मरणीय अमर शहीद शुक्रराज शास्त्रीका सहोदर भाइ थिए । उनी आफ्नै दाजुको समेत खराबी चिताउने खालका थिए । नेपाल प्रजापरिषदका प्रायः सबैजसो कार्यकर्ताहरु पक्रिएका हुनाले कुनै कुरा गोप्य राख्न सकिएन । एउटाले नखोलेको कुरा अर्कोले र अर्कोले नखोलेको कुरा झन अर्कोले खोल्दा सबै कुरा खुल्यो । श्री ५ त्रिभुवन र नेपाल प्रजापरिषदको गोप्य सम्बन्धको बारेमा थाहाँ पाएपछि त राणाहरु झन कहालिए । त्यसबखतका उच्चपदस्थ राणाहरुले यो कुरा बुझ्नुपर्ने थियो । तर उनीहरु मदोन्मत्त थिए र यो कुराको गाम्भीर्य बुझेनन् र उल्टो बाटो हिड्न थाले । सम्पूर्ण राजबन्दीहरुलाई कडासे कडा सजाय दिने साथै तत्कालिन श्री ५ महाराजाधिराज त्रिभुवन वीर वीक्रम शाहलाई नानातरहले अपमान गर्नें तर्फ लागे ।
१९९७ मंसिर २८ गतेको दिन पनि नेपालको इतिहासका एउटा महत्वपूर्ण दिन मान्नुपर्दछ । यसै दिन शक्तिमदले अन्धो भएको राणासल्तनतले श्री ५ त्रिभुवन र तीनै जना छोरा युवराजधिराजहरुलाई आफ्नो सैनिक अदालतमा खडा गराएर अरु राजबन्दीहरुलाई जस्तै केरकार गरेर बयान लिने काम ग¥यो । श्री ५ त्रिभुवनको दरबार पहिलेदेखि नै बन्दीखाना जस्तो त थियो।े दरबारको खानतलासी गरियो । राणापक्षका जल्लाद जस्ता मानिसहरुद्धारासरकारको खोपी समेत घेरामा राखिएको थियो । यस्तो अवस्थामा पनि श्री ५ त्रिभुवन कति पनि विचलित नभइ आफ्ना प्यारा प्रजाहरुको पक्षधर हुन पाउँदा संन्तोष लागेको थियो र समस्त नेपालीका हीतका लागि नेै जस्तो कुर्वानी गर्न परे पनि गर्ने दृढ अठोट देखेर राणापरिवार झनै भयभीत भएका थिए ।
उपर्युक्त मूल नीति तय गरेपछि कमान्डिङको सैनिक अदालत मुद्दा फैसला गर्ने तर्फ लाग्यो । सबुत प्रमाणहरु जुटाएर ऐनकानुन बमोजिम फैसला गर्ने भन्ने कुराको त्यहाँ प्रश्नै उठ्दैनथ्यो । कुन ब्यक्तिको कस्तो क्रियाकलापले राणाहरुको निहीत स्वार्थमा धक्का लाग्दछ, त्यो हेरी तदनुसार उनीहरुले सजाय गर्ने निर्णय गरे । प्रजापरिषदले त राणासन्तानहरुलाई पर्चाद्धारा खुलेआम हाँक दिएकोले यसका सदस्यहरुलाई हदसम्मको सजाय तोके । त्यसपछि अमर शहीद शुक्रराज शास्त्रिलाई ज्यान सजाय तोक्ने कुनै कारण थिएन । एक बर्षअघि श्री शास्त्रीलाई ईन्द्रचोकमा गीताको प्रवचन दिएको अभियोगमा ४ बर्षको कारावास सजाय तोकेर जेल पठाइएको थियो । ९७ सालको राजनीतिक हलचल हुदा श्री शास्त्रिजी जेलभित्रै हुनुहुन्थ्यो । मुद्दा टुङ्ग्याएर फैसला सुनाउने अन्तिम दिनमा श्री ३ जुद्ध शमशेरले आफ्नो बृहत भारदारी बोलाए । उक्त भारदारीमा राणापरिवारका समस्त जर्नेल, कर्नेलहरुको अलावा काजी सरदारहरु गुरु, पुरोहित, साहुमहाजन, संन्तमहन्तहरु पनि बोलाइए । श्री ५ त्रिभुवनको पनि उक्त भारदारीमा सवारी चलाइयो । सिंहदरबारको उतरपट्टिको फुटबल ग्राउन्डको पटाङगिनीमा यो भारदारी बोलाइयो । सिंहदरबारको बिभिन्न ठाउँमा बन्दी बनाईएका सबै र जेलबाट ल्याइएका श्री शुक्रराज शास्त्रिलाई समेत उक्त पटांगिनीमा लाइन लगाएर खडा गराइयो । भारदारीमा सबै उपस्थित भएपछि जुद्धशमशेरले उठेर भन्न लागे “यो नेपालराज हिन्दुधर्मी क्षेत्रीय राजाले पालना गरिएको स्वतन्त्र मुलुक हुनाले यस मुलुकमा रहने दुनियाहरुलाई कुनै कुरामा पनि पिरमर्का परेको थिएन । नेपालका प्रजामाथि जतिसुकै ठूलो आपति आईपरे पनि सरकारबाट हरेक कुरामा दृष्टि पु¥याईदिँदा यहाँका प्रजाले सरकारमाथि असंतोष लिनुपर्ने आपश्यक केही थिएन । परन्तु माथि लेखिएका कुरालाई वास्ता नगरी विदेशी हावाले बहकिएका राजकाजको मर्म नजान्ने कम बुद्धिभएका मानिसहरुको सिकाईमा लागेर शुक्रराज शास्त्री र पं.मुरलीधर यी दुई जनाले केही बर्ष अघिदेखि राजद्रोहका साथ दुनियाँमा असंतोष फैलाउने उद्योग गरेकाले यस कुरामा मुख्य ठहरिन आएको शुक्रराजलाई पहिले सरकारी नोकरी मात्र झिकिने सजाय हुँदा हलुका सजाय पाएकोबाट झन मन बढाई सरकारको कति डर नमानी ईन्द्रचोक जस्तो ठाउँमा मानिस जम्मा गरी दुनियालाई भड्काउने स्पिच गर्ने र पंं.मुरलीले उसैको अनुयायी भई सोही किसिमको काम गर्ने गरेकोले पक्राउ भई आउँदा सरकारबाट ६ बर्षको निमित्त जेलको सजाय दिएका निज शुक्रराजले जेलमा बसी विदेशी अखबारमा सरकारको बदनामी हुने खबर छपाउन लगाउने र सिधा साधा दुनियालाई भड्काई राजा रैयतमा असन््तोष फैलाउने आन्दोलन मच्चाउन लागेकोले यसै अवस्थामा निज शुक्रराजको सम्मति लिई नेपालका नवयुवकहरुले राजद्रोही लेखहरु छपाउने, बैनामी लेख टाँस्ने, प्रजापरिषदे नामबाट गुप्त संस्था खडा गरी प्राईमिनिस्टर लगायत राणावंशीहरुको देष गरी जथाभावी चिठीपत्रहरु पठाउने र पर्चाहरु समेत छर्ने ईत्यादि उपद्रव गर्न लागेकोले यिनीहरुको सुराक पत्ता लगाई ९७ साल कार्तिक २ गते पक्राउ गरी खानतलासी समेत गर्दा कागजका हस्ताक्षर समेतका प्रमाणबाट सावित हुन आएका जतिलाई अपराध अनुसार सजाय गर्नका निमित्त मैले आजको यो भारदारी बोलाएको हँु । यसमा सबैको राय जान्न चाहान्छु” भनी आफ्नो स्पिचमा जुद्धशमशेरले भने ।
जुद्धशमशेरको स्पिच सकिएपछि पंं.शुक्रराज शास्त्रीले केही बोल्न चाहेका थिए तर उनको आवाज सुन्नासाथ जुद्धशमशेर रिसले आगो भएर फोहोर तथा दुर्वाच्य शब्द प्रयोग गरेर गाली गर्दै भन्न लागे “तैं होस सबैंलाई भाँड्ने नाईके तँलाई पल्टनले कुल्चाएर मार्छु……………….” इत्यादि । नेपालको त्यसबखतको सर्वेसर्वा श्री ३ महाराज त्यसरी रिसाएको देखेर भारदारीमा बसिरहेका भारदारहरु पनि भयभीत भएको देखिन्थ्यो । कसैमा बोल्ने साहस आउन सकेको थिएन । यतिकैमा धमला सरदारले आफ्नो राय प्रकट गर्दै भने “सबैलाई काट्नुपर्छ महाराज । पण्डित सोमनाथले शास्त्रोक्त हिसाबले हुनुपर्छ भने । काजी रत्नमानले कानून बमोजिम हुनुपर्छ भने । अन्त्यमाश्री ५ त्रिभुवनबाट “सजाय हल्का हुनुपर्दछ” भन्ने थियो । सरकारबाट यस्तो हुकुम भएको सुनेपछि जुद्धशमशेरले कड्केर भने “कीराले हिरा बिगार्न लागेको कुरा पनि मलाई थाहा छ” ।
नेपालको ऐन, कानून, बन्देज र परम्परा अनुसार राजा भएको मुलुकमा राजाको हुकुम सर्वोपरि हुनुपर्ने हो तर शक्तिमदले उन्मत्त भएका राणाहरुले महाराजाधिराजको हुकुमको के वास्ता गर्दथे । उल्टो तत्कालिन श्री ५ को मनसायको विपरीत सबैलाई कडा सजाय सुनाइयो । जसमा सर्वस्वहरण सहित शुक्रराज, धर्मभक्त, दशरथचन्द, गंगालाल चार जनालाई ज्यान सजाय दिइयो भने चन्द्रमान सैंजु , फत्यबहादुर बँंगेमुढा, चिनियालाल, गोविन्द प्रसाद पाध्य, पुष्करनाथ पाध्य, मुकुन्द नाथ पाध्य, चुडाप्रसाद पाध्य, गणेशमान श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ र मुरलीधर पाध्य लाई जन्मकैद सजाइ दिइयो । यसरी नेपालका चार सपूत शहीद भए भने सर्वस्व भएर बाहुन भएका नाताले टंकप्रसाद आचार्य र रामहरि शर्माले मुडिभई जन्म कैदको सजाय पाउनुभयो । त्यस्तै सर्वस्व भै १८ बर्ष कैद हुनेहरुमा जीवन राज पाध्य, सिद्धीचरण श्रेष्ठ, धर्मरत्न उदास, केदारमान श्रेष्ठ र चन्द्रमान मास्के हुनुहुन्थ्यो । १२ बर्ष कैद हुनेहरुमा ध्रुवजी पाध्य, गणेशलाल श्रेष्ठ, मरिचमान ठहिटी, कटक बहादुर ठहिटी र रामदमस खत हुनुहुन्थ्यो । त्यस्तै ६ बर्ष कैद हुनेहरुमा रामजी जोशि, फणिन्द्रराज हमाल, पूर्णबहादुर एम.ए. र चित्रधर तुलाधर हुनुहुन्थ्यो । साथै राजालाल कलवार लाई ५ बर्ष कैद तोकिएको थियो । यस लगायत राणाहरुले १ बर्ष, २ महिना कैद तथा खोसुवा, उपत्यका निकाला, जरिवाना जस्ता कारबाही पनि गरेको थियो ।
माथि चर्चा गरिएको भारदारी सभा बिसर्जन भएपछि त्यसै दिन अपरान्ह् सिंहदरबारको मूलढोका अगाडिको पटांगिनीमा सम्पूर्ण बन्दीहरुलाई पुनः खडा गराइयो र चीफ साहेब पद्यशमशेरको उपस्थितिमा १,१ गरेर सबैलाई सजाय सुनाउने काम भयो । सजाय सुनाइसकेपछि सबै बन्दीहरु गम्भीर मुद्रामा खडा देखिन्थे । यतिकैमा पं.शुक्रराज शास्त्रीले गीताको श्लोक “जातस्यहि ध्रुवोर्मुत्युध्रुवंजन्ममृतस्य च” उच्चारण गर्दै सबै साथीहरुसँग सदाका लागि विदा लिँदै भने सत्यको जय र असत्यको पराजय अवश्यंभावी छ अतः साथीहरु हो धैर्य, उत्साह र साहस कहिल्यै नटुटोस यही मेरो अन्तिम शुभकामनम छ ।” यस्तै श्री दशरथ चन्दले आफ्नो मृत्युको सजाय सुन्ना साथ अट्टहास गर्दै भने “मलाई राणाहरुले मृत्युदण्ड दिन्छन् भन्ने कुरा ३ महिना अघिदेखि नै थाहा थियो, मेरो पार्थिव शरीर भस्म भएर जाला तर मेरो आत्मा तबसम्म नै सिंहदरबार अगाडि घुमिरहने छ जबसम्म राणाहरुको दानवी शासन भस्म खरानी हँुदैन” । यस्तै होनहार युवक शहीद गंगालालले आफूले लेखेको कविता पढेर सबैलाई सुनाए ।
अमर शहीद गंगालालकोे कविताले त्यस बखतका युवक कार्य कर्ताहरुमा बलिदानको भावना कति ओतप्रोत थियो भन्ने कुरा देखिन्छ । त्यसबखतका राजनीतिक कार्यकर्ताहरुका बीचमा लौहपुरुष मानिने अमर शहीद धर्मभक्तले साथीहरुसँग छुट्टिने बेलामा यो तुच्छ नश्वर शरीरको आहुती मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्दछु , प्राणदण्ड पाउनु अहोभाग्य, साथीहरुका मुखबाट उपर्युक्त प्रकारका साहसिला बलिदानका भावनाले ओतप्रोत उद्गारहरु सुन्दा त्यहाँ खडा रहेका सम्पूर्ण राजबन्दीहरुको अनुहारमा साहस र धैर्यको रेखा दौडिन लागेको देखिन्थ्यो । तथापि त्यो वियोगको अवस्थामा आँशु रोक्न सबैलाई कठिन पर्नु स्वभाविकै थियो । ह्दयमा चोट लागेका सबै राजबन्दीहरुले फाँसीको तखततर्फ लगिन लागेका आफ्ना साथीहरुको अभिवादन गर्दै मनमनै भन्न लागे –त्यो दिन पनि चाँडै आउने छ , जुन दिन जनअदालतले यसै गरी राणाहरुलाई सजाय सुनाउने छ ।
यसप्रकार १९९७ सालमा नेपाल प्रजापरिषदका र अरु पनि धेरै सुधारवादी कार्यकर्ताहरुलाई निर्मम दमन गरेर आफ्नो परिवारको दानवी स्वार्थ अक्षुण्य राख्ने राणाहरुको स्पष्ट नीति देखियो । तर समय कति बलवान हुन्छ यसको परिवर्तनले संसारका बडेबडे तनाशाहीहरुलाई समेत सजिलोसँग उडाएर लगिरहेको छ भन्ने कुरा राणाहरुले बुझेनन् । देशका क्रान्तिहरुलाई “विदेशी हावाले बहकिएका, राजकाजको मर्म नजान्ने कमबुद्धि भएका ” भन्ने संज्ञा दिएर श्री ३ जुद्ध र उनका बुज्रुक भाइ छोराहरुले आफ्नो बौद्धिक अहंकार प्रदर्शन गर्न खोज्दैमा संसारको यथार्थ इतिहास मेटिन सक्दैनथ्यो । रुसका जारहरु र फ्रान्सका लुईहरुले पनि क्रान्तिकारीहरुलाई “राजकाजको मर्म नजान्ने कम बुद्धि भएका” भन्ने संज्ञा दिएथे होलान्, तर पणिाम के भएको थियो !!? यसरी चार नेपाली सपूत अमर शहीद बने ।

 

12 Views

ताजा

माइतीघरमा नाराः ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’

२०८१ चैत्र १२ गते, मंगलवार

माइतीघरमा नाराः ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’

२०८१ चैत्र १२ गते, मंगलवार

चैत्र १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित राजधानीमा विशाल जनप्रदर्शन हुने

२०८१ चैत्र १२ गते, मंगलवार

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

२०८१ चैत्र १२ गते, मंगलवार

सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्

२०८१ चैत्र १२ गते, मंगलवार

चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा

२०८१ चैत्र १२ गते, मंगलवार

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal