अमेरिकाको ७ राज्यमा संकटकाल
काठमाडौं । अमेरिकामा भीषण हिमपातसहितको आँधीले करोडौँ मानिस प्रभावित भएका छन्। केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया, केन्सास, अर्कान्सस, न्यूजर्सी र मिसौरीलगायत कयौँ राज्य हिमपातसहितको आँधीबाट प्रभावित भएका छन्।
यी राज्यमा बसोबास गर्ने ६ करोडभन्दा बढी मानिसको दैनिकी कष्टकर बनेको बीबीसीले जनाएका छन् । अत्यधिक हिमपात र आँधी चलेपछि यी राज्यहरुमा संकटकाल घोषणा गरिएको छ।
हिमपातसहितको आँधीका कारण सबैजसो राजमार्ग बन्द भएका छन् भने हजारौँ उडान ठप्प भएका छन्। स्थानीय प्रशासनहरुले सडकमार्फत् यात्रा नगर्न चेतावनी दिएका छन्। विद्यालयहरु बन्द गरिएको छ।
अत्याधिक हिमपातपछि ती राज्यहरुको न्यूनतम तापक्रमण दश वर्षयताकै कम विन्दुमा झरेको छ । केन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित भएका छन्। यी ठाउँमा १० इन्चसम्म हिउँ जमेको छ। मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको अवस्था गम्भीर हुने आशंका गरेको छ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





